सिभिल बैंकको नयाँ शाखा झापाको अर्जुनधारामा

news-details

सिभिल बैंक लिमिटेडले झापाको अर्जुनधारामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले उद्घाटन गरे ।

कार्यक्रममा मेयर राना मगर, उपमेयर कमला आचार्य, सिभिल बैंकका प्रमुख माईक्रो बैंकिङ युवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर राना मगरले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धि आउने पनि बताए । अर्जुनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि उनले खुशी व्यक्त गरे ।

सिभिल बैंकका प्रमुख माईक्रो बैंकिङ गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने बताए ।

यस्तै, बैंकका क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए ।

सिभिल बैंकको अर्जुनधारा शाखासहित देशभर कुल शाखा संख्या ७४ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *