हिमालयन बैंकको ५८ औ शाखा जनकपुरधाममा

news-details

हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालीका— १, स्टेशनरोडमा आफ्नो ५८ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको समुदघाटन प्रदेश नं २ का मुख्यमन्त्री मो. लालबाबु रावतले एक समारोहकाबीच गरे । सो अवसरमा प्रमुख अतिथि रावतले यस नयाँ शाखा कार्यालयमार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा जिल्लावासीलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यवसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गरे ।

बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा रु. १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा रु. ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा रु. २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ । हाल बैंकको एटिएम संख्या ११५ र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ ।

समुदघाटन समारोहमा विशेष अतिथिका रुपमा प्रदेश नं २ का महान्यायधिवक्ता दिपेन्द्र झा, बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ लगायत सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत बरिष्ठ कर्मचारीहरुको उपस्तिथि थियो । स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि समारोहमा उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *