बैंकहरुले एटीएम मेसिनमा नेपाली भाषा अनिवार्य राख्नुपर्ने

news-details

अब बैकहरुले आफ्नो एटीएम मेशिनमा अनिवार्य रुपमा नेपाली भाषा पनि प्रयोग गर्न मिल्ने बनाउनुपर्ने भएको छ ।

एटीएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैकले सम्पूर्ण बैकहरुलाई निर्देशन दिएको छ ।

केही बैङ्क तथा वित्तिय संस्थाले एटीएममा अंग्रेजी भाषा मात्र राखेको गुनासो राष्ट्र बैङ्क पुगेपछि केन्द्रिय बैङ्कले ३० दिनभित्र नेपाली भाषा प्रयोग गर्न सकिने बनाउन निर्देशन दिएको हो ।

३० दिनभित्र एटीएम मेसिनहरुमा नेपाली भाषा राखी केन्द्रीय बैङ्कलाई सो बारे जानकारी गराउनुपर्नेछ ।

नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले आइतबार बैङ्क तथा वित्तिय संस्थालाई सुचना जारी गरी नेपाली भाषा राख्न भनेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *