जुत्ता एक्सचेञ्ज मेला जेठ महिनाभर चल्ने, ‘पुरानो जुत्तासँग नयाँ साट्ने अफर’

news-details

काठमाडौको पुतलीसडक पद्मोदय मोडमा चलिरहेको जुत्ता एक्सचेञ्ज मेलाको समय थप गरिएको छ । उपभोक्ता तान्ने आकर्षक अफरसहित लागिरहेको मेला जेठ महिनाभर चल्ने आयोजकले जनाएका छन् ।

पुरानो जुत्तासँग नयाँ जुत्ता एक्चेञ्ज गर्ने अत्यन्तै आकर्षक स्किमसहित चलिरहेको मेलाको समय थप गर्न उपभोक्ताको माग अत्यधिक रहेकाले जेठ महिनाभर मेला संचालन गरिने मेला आयोजक प्रमोद महतोले जानकारी दिए ।

वैशाख महिनादेखि चलेको मेलामा पुराना जुत्ता लिएर गएपछि नयाँ जुत्ता एक्सचेञ्ज गर्न पाइन्छ । यो मेला काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्ग तिर मोडिने वित्तिकैको पद्मोदय मोडमा लागिरहेको छ ।

हेर्नुहोस भिडियो रिपोर्ट

‘पद्मोदय जुत्ता एक्सचेञ्ज मेलामा’ जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आयोजकको भनाईछ ।

ललितपुर धोवीघाटका अशोक श्रेष्ठ मेलाको आकर्षक अफर थाहा पाएर पुरानो जुत्ता बोकेर जुत्ता एक्सचेञ्ज मेलामा आएका रहेछन् । घरमा फालेका जुत्ता काम पनि लाग्ने, सस्तोमा नयाँ जुत्ता पनि पाइने यो स्किम उनलाई धेरै मन प¥यो । मेलामा भेटिएका श्रेष्ठले भने–‘यति राम्रा र गुणस्तरीय जुत्ता अनि यति राम्रो स्किम भएपछि म मात्र होइन मेरो परिवार र आफन्तनै मेलामा आएका छौ ।’

 

नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको आयोजकको भनाई छ । जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्री मूल्यभन्दा पनि सस्तो पर्ने अर्का आयोजक जीवन श्रेष्ठको दावी छ ।

जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसीको भनाई छ ।

भृकुटीमण्डपमा पटक पटक लाग्ने जुत्ता मेला वन्द भएपछि आफ्नै शोरुममा लागिरहेको यो एक्सचेञ्ज मेलाले उपभोक्ताको मन जित्न थालेको छ । पद्मोदय मोडको स्थायी शोरुपमा नै मेला आयोजना गर्दा उपभोक्तालाई भोलिका दिनमा थप सजिलो हुने आयोजकको भनाई छ । अर्को तर्फ पुरानो जुत्ता रिसाइक्लिङ गरेर प्रयोगमा ल्याइने भएकाले उपभोक्ताले घरमा त्यत्तिकै नफ्याक्न आयोजकको अपील छ ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् । त्यही भएर आयोजकले एक पटक पद्मोदय मोडमा लागेको एक्सचेञ्ज मेला अवलोकन गर्नका लागि आह्वान गरेका छन् ।

स्वदेशी उत्पादनबाट बनेका गुणस्तरीय जुत्ताचप्पल आम नेपालीले प्रयोग गर्ने हो भने नेपाली सीप, पूजी र उत्पादनले बजारमात्र पाउने थिएन धेरै नेपालीले स्वदेशमा नै रोजगारी पाउने थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *