पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा हिमालयन बैंकले सुरु ग¥यो ‘एक्सपेरियन्स नेपाल’ अभियान

news-details

नेपालमा पर्यटन प्रवद्र्धनलाई लक्षित गरि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेसको सहकार्यमा ‘एक्सपेरियन्स नेपाल’ अभियान सुभारम्भ भएको छ । यस अभियानको मुख्य उद्देश्य ‘अमेरिकन एक्सप्रेस कार्ड’ प्रयोगकर्ता विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न र यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभूति गर्न अभिप्रेरित गर्ने रहेको छ ।

यो अभियान अवधिमा नेपाल घुम्न आउने अमेरिकन एक्सप्रेस कार्डधारी पर्यटकहरुले विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढी मर्चेन्ट पार्टनरहरु जसमा होटल, रेष्टुराँ, साहसिक खेल पर्यटन, स्थानिय कलाकृति खरिदमा विशेष छुटहरु प्राप्त गर्न सक्नेछन ।

यो ‘एक्सपेरियन्स नेपाल’ अभियान सन् २०२० जुन महिनासम्म चल्नेछ । नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेसले आ–आफ्नो तर्फबाट विभिन्न देशहरुमा यो अभियान बारे प्रचार–प्रसार र प्रवद्र्धन गर्नेछन । साथै हिमालयन बैंकले पनि यस अभियान अवधिभर आफ्नो वेवसाईट, सोसियल मिडियालगायत माध्यमबाट प्रचार–प्रसार गर्नेछ ।

पत्रकार सम्मेलनमा अमेरिकन एक्सप्रेसका दिव्या जैनले नेपाल पर्यटन बोर्ड र हिमालयन बैंकसँगको सहकार्यमा ‘एक्सपेरियन्स नेपाल’ अभियान संचालन गर्न पाउदा खुसी व्यक्त गरिन । उनले यस अभियानले नेपालमा पर्यटन प्रवद्र्धनका साथै स्थानिय व्यवसायलाई प्रोत्साहन मिल्ने बताइन । यो अभियानले अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ताहरुलाई नेपाल घुम्न उत्प्रेरणा मिल्ने विश्वास पनि जैनले व्यक्त गरिन ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले अमेरिकन एक्सप्रेस र हिमालयन बैंकसँग ‘एक्सपेरियन्स नेपाल’ अभियानमा पर्यटन बोर्डको सहकार्यले पर्यटन प्रवद्र्धनका लागि उत्साह मिलेको बताए । ‘एक्सपेरियन्स नेपाल–२०१९’ अभियानले नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत नै पर्यटकहरुलाई जीवनको अविस्मरणीय अनुभुति गराउने उद्देश्य लिएको उनले बताए । जोशीले यस सहकार्यबाट अमेरिकन एक्सप्रेसका प्रिमियम कार्ड प्रयोगकर्ताहरु माझ नेपालका पर्यटन व्यवसायी पुग्ने विश्वास लिएको पनि व्यक्त गरे ।

सोही अवसरमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले ‘एक्सपेरियन्स नेपाल’ अभियान नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा संचालन गर्नु विशेष रहेको बताए । उनले यस सहकार्यबाट नेपालको बारेमा विदेशी पर्यटक माझ प्रवद्र्धन हुने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

यस अभियानको सुभारम्भबाट अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ताहरुले विविधताले भरिएको सुन्दर देश नेपाल घुम्ने र अनुभव लिने मात्र नभई हिमालयन बैंक लिमिटेडका विभिन्न मर्चेन्ट पार्टनरहरुबाट विशेष छुट प्राप्त गर्ने राणाले बताए । उनले यो अभियानबाट नेपाल विदेशी पर्यटकहरुको भ्रमणको गन्तव्यमा पहिलो रोजाइमा पर्ने विश्वास पनि व्यक्त गरे ।

सोहि अवसरमा अमेरिकन एक्सप्रेसका कुरुष दस्तुरले यो अभियान अमेरिकन एक्सप्रेसका तर्फबाट हिमालयन बैंक र नेपाल पर्यटन बोर्डसँग सहकार्यको प्रतिवद्धता अन्तर्गत भएको र यस अभियानले नेपालको पर्यटन व्यवसाय प्रवद्र्धनमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा देशभर ५७ वटा शाखा कार्यालय, ११५ वटा एटिएम र २६०० भन्दा बढि मर्चेन्टहरुसहित नेपालको कार्ड व्यवसायमा हिमालयन बैंकले गरेको उच्च प्रगतिको कारण यो सहकार्य सम्भव भएको विचार व्यक्त भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *