कुमारी बैंकद्धारा विपन्न वर्गका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण

news-details

कुमारी बैंक लिमिटेडले काठमाडौ महानगरपालिका–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं बालबालिकाहरुलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त पाठयपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैकका नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मानबहादुर खडकालाई पाठयपुस्तक हस्तान्तरण गरेका हुन ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *