मिडिया काउन्सिल विधेयकप्रति ‘नाफिज’को गम्भिर ध्यानाकर्षण

news-details

मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने भन्दै नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले विरोध गरेको छ । संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने व्यवस्था अघि सारिएको सन्दर्भमा संघ (नाफिज)को गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

नाफिजले जारि गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा पत्रकारलाई जेल/नेल पठाउने कुत्सित नियतसहित संसदमा पुगेको विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मात्रै होइन, कालान्तरमा अभिव्यक्ति स्वतन्त्रता माथी नै बन्देज लगाउँदै जाने नियत हामीले देखेका छौं ।’

उक्त विज्ञप्तिमा नाफिजले स्वतन्त्र र मर्या्दित प्रेसका पक्षमा रहेको तर तर प्रेसलाई नियमन गर्ने नाममा निर्माण गरिने प्रेस स्वतन्त्रता विरोधी कानुन भने नस्वीकार्ने बताएको छ । मिडिया काउन्सिल सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयकमा प्रस्तावित व्यवस्था विरुद्ध नेपाल पत्रकार महासंघ लगायतका संघ/संस्थाहरुले सुरु गरेको आन्दोलन प्रति नाफिज ऐक्यवद्धता जनाउँँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई आन्दोलनमा सहभागीताका लागि आग्रह समेत गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *