सम्पन्न भयो हार्ले डेभिडसन बाइक फेस्ट

news-details

काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ ।

नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन ८८३ को टेष्ट राइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए ।

त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयर पार्ट्सको वारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो ।

आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन् २०१८ को नाडा अटो शो मार्फत नेपालमा पहिलोपटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको विश्वस्तरीय सो रुम रहेको छ ।

हार्ले डेभिडसन मोटर कम्पनीले कस्टम, क्रुजर र टुरिङ मोटरसाइकलहरु उत्पादन गर्छ । यसले सम्पूर्ण रुपमा स्पेयर पार्ट्स, एसेसरिज, राइडिङ गियर र एप्यारेलका साथै मर्चेन्डाइजको पनि व्यवस्था गरेको छ ।

कम्पनीले विश्वभरीका हार्ले डेभिडसन ग्राहकहरुलाई अपनत्व महसुस हुनेगरी एकतावद्ध गरेको छ । हार्ले डेभिडसनको वारेमा जानकारी दिनका लागि विभिन्न कार्यसमेत गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *