हिमालयन बैंकले ३ अर्ब रुपैया बराबरको ऋणपत्र जारी गर्दै, व्याजदर १० प्रतिशत
- चैत्र १०, २०७५
- 0
हिमालयन बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने प्रकृया अगाडि बढाएको छ । यसका लागि बैंकले लक्ष्मी क्यापिटल लिमिटेडलाई ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतामा हिमालयन बैंकका प्रमुख कार्यकारी अशोक राणा तथा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी राजिब सापकोटाले हस्ताक्षर गरेका छन् ।
बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।
जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई ब्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सात बर्षे अवधिको उक्त ऋणपत्रमा बार्षिक दश प्रतिशतका दरले अर्धबार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।
0 प्रतिक्रिया
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण […]
बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन […]
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको […]
कांग्रेस महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि जारी रहेको छ । आज बिहान ७ः३० देखि ९ बजेसम्म […]
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]










