बेस्ट फाइनान्सको २२औं साधारण सभा सम्पन्न
- फाल्गुन १९, २०७५
- 0
बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष पदमराज न्यौपानेको सभापतित्वमा उक्त वार्षिक साधारणसभा भएको हो । सभाले आव २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ ।
आव २०७५/०७६ का लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै साबिक सिनर्जी फाइनान्सका सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु कृष्णहरि श्रेष्ठ, सुरज क्षेत्री तथा बेबीजन तिमिल्सिनाको नियुक्तिलाई समेत अनुमोदन गरिएको छ ।
सो सभाले संस्थाको सञ्चालक समितिलाई उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने अख्तियारी प्रदान गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
0 प्रतिक्रिया
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण […]
बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन […]
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको […]
कांग्रेस महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि जारी रहेको छ । आज बिहान ७ः३० देखि ९ बजेसम्म […]
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]










