नेपाली होटल व्यवसायी संघको अध्यक्षमा सुवेदी निर्वाचित

news-details

नेपाली होटल व्यवसायी संघको ११ औ अधिवेशनले उमेश सुवेदी (दिपेन)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको शनिवार सम्पन्न अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन पश्चात भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धि नारायण गुरुङलाई ५० मतले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन । सुवेदीले १८६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्द्धि गुरुङले १३६ मत प्राप्त गरेका थिए ।

यस्तै प्रथम उपाध्यक्षमा जितबहादुर गिरी १८४ मत, द्धितीय उपाध्यक्षमा होमबहादुर थापा २०७ मत, महासचिवमा गणेश ढकाल २१४ मत, सचिवमा सिद्धबहादुर शाही १८८ मत, कोषाध्यक्षमा काजि बहादुर कटुवाल १८९ र सहकोषाध्यक्षमा चन्द्रबहादुर गोदार १८१ मत ल्याएर बिजयी भए ।

कार्यसमिति सदस्यहरुमा इन्द्र प्रसाद ढकाल, सन्तोष बिक्रम जिसी, सामदेन लामा, भिम कुमार बिक, जयलाल श्रेष्ठ, इश्वर पण्डित, डासुराम पाण्डे, माया शेर्पा, युवराज पराजुली, बद्री पोखरेल र महिला सदस्यमा दुर्गा थापा निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै संक्षिप्त प्रतिक्रिया दिदै आफुहरुबीच नेतृत्वका लागि प्रतिष्पर्धा भएपनि पराजित पक्षलाई पनि साथमै लिएर आफु अघि बढने बताए । उनले मझौला तथा साना होटल एवं गेष्टहाउसहरुलाई थप व्यवस्थित र मर्यादित बनाउने, व्यवसायीक हक, हित तथा सुरक्षाका लागि लागिपर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी यस व्यवसायलाई थप मजबुद बनाउने काममा आफु प्रतिवद्ध भएर लागिपर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *