सिटी एक्स्प्रेसको ‘लखपति एक्सप्रेस’ योजनामा बासु थापाले जिते १ लाख

news-details

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत बासु थापा क्षेत्रीले १ लाख जित्न सफल भएका छन् ।

दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १० हजार जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो ।

हालै गरिएको उपहार घोषणा अन्तर्गत कोरीयाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था)बाट पैसा पठाई पहिलो महिनाको १ लाख मासिक लक्की डमा बासु थापा क्षेत्री विजेता बनेका हुन् । कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा आयोजित एक कार्यक्रम मार्फत विजेतालाई नगर पुरस्कार वितरण गरे ।

यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *