बागमती अञ्चलमा रोकिएको मोटरसाइकल दर्ता खुल्दै, अब लट नम्बर ३ अंकको हुने
- कार्तिक ८, २०७५
- 0
सरकारले बागमती अञ्चलमा रोकेको नयाँ मोटरसाइकल दर्ता प्रक्रिया खुल्ला गर्ने भएको छ । बा ९९ प ९९९९ नम्बरसम्मको मोटरसाइकल दर्ता पछि ३ अंकको लट नम्बर दर्तामा यातायात व्यवस्था नियमावली बाधक भएपछि गत असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो ।
नयाँ मोटरसाइकल दर्ताका लागि ३ अंकको लट नम्बर हुने गरी नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको जानकारी दिदै केहि दिन भित्रै संशोधित नियमावली पारित भएर राजपत्रमा सूचना प्रकाशित गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।
नियमावली संशोधन भएर आएपछि ३ अंकको लट नम्बर १०० बाट मोटरसाइकल दर्ता सुरु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
0 प्रतिक्रिया
नेताको हाइफाई, बदनाम हुँदै ट्रेड युनियन
निजामती सेवामा कार्यरत कर्मचारीहरूहरुका पार्टी पिच्छेका ट्रेड युनियन खुलेका छन्। एमाले निकट कर्मचारी संगठन, कांग्रेस निकट कर्मचारी युनियन, माओवादीको राष्ट्रिय […]
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । उनलाई फोक्सोसम्बन्धी समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय […]
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे
संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिद्वार्थ उद्योग […]
धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क
विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि […]
मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन् । शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय […]