तत्कालीन किष्ट बैंकका प्रबन्ध संचालक कमलप्रसाद ज्ञवाली पक्राउ
- अशोज १९, २०७५
- 0

किष्ट बैंकका तत्कालिन प्रबन्ध संचालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ज्ञवालीलाई शुक्रबार बिहान महेन्द्रनगरबाट पक्राउ गरेको महानगरिय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।
पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ३–३ वर्ष जेल र दुवैलाई ६/६ करोड २५ लाख गरी १२ करोड ५० लाख रुपैयाँ सजाय सुनाइएको थियो ।
जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले २०७३ सालमा ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

संखुवासभा जिल्लाको चर्चित धार्मिक स्थल मनकामना मन्दिरमा अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले सबैभन्दा ठूलो घण्टी प्रदान गरेका छन् । संखुवासभाको […]
‘रोड सेफ्टी’ फोटो प्रतियोगिता एवं प्रर्दशनी हुने

फोटो पत्रकार (पिजे) क्लव र रोटरी क्लव अफ काठमाडौं सर्कलबीच रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदशनी गर्ने सम्वन्धी सम्झौता भएको […]
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् । […]
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]