ग्लोबल आईएमई र आइएमई लाइफ इन्सुरेन्सबीच सम्झौता

news-details

काठमाडौं । ग्लोबल आइएमई बैंक र आइएमई लाइफ इन्सुरेन्स कम्पनीबीच ब्यान्कासोरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३१ वटै शाखाहरु मार्फत आइएमई लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएमई लाइफ इन्सुरेन्स कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *