काठमाडौँको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा

news-details

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।

कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ स्थित चम्पादेवीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र मेगा बैंक नेपाल लिमिटेडका शाखारहित बैकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले संयुक्त रुपमा कारोबारको सुरु गरे ।

यसैगरी, रामकोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात नागार्जुन नगरपालिकाका मेयर मोहनकुमार बस्नेतले गरेका थिए भने टोखाको झोरमा शाखारहित बैंकिङ सेवाको सुरुवात टोखा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले गरेका थिए ।

मेगा बैंकका शाखारहित बैंकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयासम्मको कर्जा दिन मेगा सरल कर्जाको ब्यवस्था गरिएको बताए । अब थोरै रकम पनि जम्मा गर्न टाढाको बैंकमा गई लाइन बस्न नपर्ने बताउँदै उनले घर नजिकैको शाखारहित बैंकिङ सेवाबाट जुनसुकै बेला पनि रकम जम्मा गर्न र आवश्यक परेको खण्डमा झिक्न सकिने ब्यवस्था मिलाइएको बताए ।

मेगा बैंकका देशभर १ सय १९ वटा शाखारहित बैकिङ्ग सेवा छन् ।

मेगा बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)का कायममुकायम सिइओ अविजित घोष दस्टीदरले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट एलआइसीमा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्। यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।

१५ हजार मासिक किस्तामा गाडी

मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।

नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेश लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार, नारायणी अटो बिजनेश लिमिटेडबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकहरुले १० बर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन् । जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार जम्मा साँढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन् । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकको विश्वास छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *