प्रभु ग्रुपले ल्यायो डिजिटल वालेट ‘प्रभु पे’
- साउन २४, २०७५
- 0

प्रभु ग्रुपले ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुआत गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले यसको प्रयोग गरी औपचारिक रुपमा सेवा सुभारम्भ गरे ।
यस वालेटको प्रयोगबाट घरमै बसेर मोबाइलबाटै कुनै पनि बैंक तथा वित्तीय संस्थाको रकम एउटा खाताबाट अर्कोमा ट्रान्सफर गर्न, बिजुली तथा पानीको बिल भुक्तानी गर्न, किनमेलमा खर्च भएको बिलको रकम भुक्तानी गर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न सकिन्छ ।
त्यस्तै यसबाट युनियन पे र क्यूआर कोड स्क्यानमार्फत पैसा तिर्न सकिन्छ । यसैगरी प्रभु पेले नियमित ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमाको सुविधा पनि दिएको छ ।
सो कार्यक्रममा प्रभु पेकी संचालक कुसुम लामाले चरणबद्ध रुपमा प्रभु पेको प्रयोग गर्ने तरिकाबारे जानकारी गराएकी थिइन् । प्रभु ग्रुपअन्तर्गत बैंक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी, सूचना प्रविधि र व्यवस्थापनसम्वन्धी कम्पनीहरु छन् ।