आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकबीच बैंकास्योरेन्स सम्झौता

news-details

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सर्वसाधरण तथा बैंकका ग्राहकहरुले अब नेपाल बंगलादेश बैंक लिमिटेडको कुनै पनि शाखाबाट आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *