वेष्ट फाइनान्सको सिईओमा तोयराज अधिकारी नियुक्त

news-details

राष्ट्रिय स्तरको वेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैकर तोयराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार अधिकारीलाई सीईओमा नियुक्ति गरिएको हो । सीईओ अधिकारीले साउन १८ गतेदेखि आफ्नो पदिय जिम्मेवारी सम्हालेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र भौतिक शास्त्रमा स्नातक उत्तीर्ण गरेका अधिकारीसँग १८ वर्ष बैंकिङ अनुभव र एक वर्ष प्राध्यापनको समेत अनुभव छ ।

२०५७ सालमा माछापुच्छ्रे बैंकबाट बैंकिङ करियर शुरु गरेका अधिकारीले करिव १० वर्ष सोही बैंकमा कार्य गरेका थिए । २०६७ सालबाट पोखराको तत्कालिन कास्की फाइनान्समा ७ वर्ष सीईओको रुपमा कार्य गरेका थिए । कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि उनी कामना विकास बैंकको सीईओ भएका थिए । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सीईओ रहेर समेत कार्य गरेका थिए ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा समेत कार्यकारी तहमा रही काम गरेको अनुभव भएका सिईओ अधिकारीले मजर्रपछि ठूलो संस्थाको रुपमा स्थापित भएको बेष्ट फाइनान्समा आफ्नो अनुभव र क्षमतालाई कुशलतापुर्वक प्रयोग गर्दै बेष्ट फाइनान्सलाई उत्कृष्ठ बितिय संस्था बनाउने बताए ।

काठमाण्डौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको वेष्ट फाइनान्सका हाल १४ वटा शाखा कार्यालय रहेका छन् । फाइनान्सको निक्षेप २ अर्व २५ करोड छ भने कर्जा लगानी करिव २ अर्व रहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *