माछापुच्छ्रे बैंकको आठ नयाँ शाखाको शुभारम्भ

news-details

माछापुच्छ्रे बैंक लिमिटेडले आठ ओटा शाखा कार्यालयको औपचारिक सुरुवात् गरेको छ ।

बैंकले मोरङ्गको जहदा गाउँपालिका स्थित जहदा शाखा कार्यालय, सुनसरीको धरान उपमहानगरपालिका स्थित धरान शाखा कार्यालय र भोजपुरको भोजपुर नगरपालिका स्थित भोजपुर शाखा कार्यालय स्थापनालाई औपचारिकता दिएको हो ।

यस्तै रौतहटको चन्द्रपुर नगरपालिका स्थित चन्द्रपुर शाखा कार्यालय, रौतहटकै वृन्दावन गाउँँपालिका स्थित वृन्दावन शाखा कार्यालय, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका स्थित डोल्पा शाखा कार्यालय, भोजपुरको टेम्केमैयुङ गाउँँपालिका स्थित टेम्केमैयुङ शाखा कार्यालय, र उदयपुरको कटारी नगरपालिका स्थित कटारी शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको बैंकले जनाएको छ ।

बैंकले उक्त शाखाहरुमा औपचारिक कार्यक्रम गरी शाखाको उद्घाटन गरेको हो ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै,धरान, भोजपुर, चन्द्रपुर र कटारी शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *