माछापुच्छ्रे बैंकद्वारा टोखाको मन्दिरमा वृक्षारोपण

news-details

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरमा वृक्षारोपण गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका–२ स्थित सपनतीर्थ मन्दिर परिसरमा बैंकले सोमबार वृक्षारोपण गरेको हो । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन टोखा नगरपालिका, प्रगतिशिल धारा सुधार समिति र सपनतीर्थ क्षेत्र विकास समितिसँग सहकार्य गरी वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए । माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले वृक्षारोपण गरी कार्यक्रममा सहभागिता जनाएका थिए ।

बैंकले झापादेखि कञ्चनपुरका साथै हिमालदेखि पहाड, र तराईसम्म ८३ वटा शाखा, २ एक्स्टेन्सन काउन्टर र २१ शाखारहित बैकिङ्ग सेवा गरी १ सय ६ स्थानबाट ग्राहक महानुभावलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकका देशभर ९७ वटा एटीएम सञ्चालनमा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *