अहालियाको १ किलो सुन नेपाली ग्राहकले पाए
- असार ३२, २०७५
- 0
यूएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले समर सरप्राइज-२०१८ को १ किलो सुन नेपाली ग्राहकले पाएका छन् ।
अहालिया एक्सचेञ्जका नेपाली ब्यापार प्रमुख बेनिमाधव ढकालका अनुसार गत महिनाको जून १२ तारिख नेपालमा रकम पठाएका नरेन्द्र मगरले उक्त पुरस्कार लक्की ड्रको आधारमा पाएका हुन ।
गत १६ जून देखि १४ जुलाईसम्म उक्त एक्सचेञ्जबाट पैसा पठाएका सबै ग्राहकमध्यबाट नेपालीलाई उक्त पुरस्कार हात पार्नु गर्वको कुरा भएको ढकालले बताएका छन् ।
जुलाई १५ तारिख अहालिया एक्सचेञ्जको अबुधाबीमा रहेको इलेक्ट्रा शाखामा उक्त बिजेता घोषणा गरिएको हो । यसका अतिरिक्त समर सरप्राइज कार्यक्रम अन्तर्गत माइक्रोओभन, एलइडी टिभी, घडी, किरिङ, पेन र मग लगायतका अन्य उपहार सामग्री पनि पाउन सकिने व्यवस्था अहालिया एक्सचेञ्जले गरेको थियो ।
सस्तो सेवा शुल्कमा भरपर्दो सेवा र अन्य एक्सचेञ्जभन्दा तुलनात्मक रूपमा राम्रो रेटमा रकम पठाउन सकिने अहलिया एक्सचेञ्जका हेड अफ अपरेसन कमल सुब्बाले जानकारी दिएका छन् ।
0 प्रतिक्रिया
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]
चाडपर्वमा काठमाडौंमा ३ हजार पाँच सय ६ प्रहरी परिचालन गरिने

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको […]
संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन :प्रधानमन्त्री कार्यालय

काठमाडौं । प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले चाडपर्वको समयमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन […]
कांग्रेसले महाधिवेशन : प्रचारप्रसारमा तामझाम नगरिने

काठमाडौँ । नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ । महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी […]










