मलेसियास्थित प्रवास नेपाली सम्पर्क विभागको नयाँ नेतृत्व चयन, केसीको नेतृत्वलाई निरन्तरता
- रोजगारमञ्च
- जेष्ठ १९, २०८३
- 0
प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाको दोस्रो अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै नेत्र केसीलाई पुनः सभापतिमा निर्वाचित गरेको छ। प्रवासी नेपालीहरूको हक, हित, अधिकार तथा संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट किरण थापा उपसभापति, बाशुदेव भट्ट सचिव, हेमराज सापकोटा सहसचिव, खेमराज खत्री कोषाध्यक्ष तथा कुलबहादुर कोइराला सह–कोषाध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा कपिल बोहरा, उमेश कोइरी महतो, कमल चन्द, प्रकाश गिरि, राज लामा, लिला मगर, कैलाश बिष्ट, श्याम तामाङ, प्रमोद महतो, रुपेश विक, ईश्वर आले, जयप्रकाश शाहा, प्रदीपकुमार शाहा, विनय हमाल, चन्द्रमान श्रेष्ठ, कमलबहादुर बिष्ट, प्रकाश पुजारा, मिना बुढा, दिनेश दास, जिबराज भुषाल, चन्द्र घिमिरे, हरिनाथ मोहन्त, संजय नेघा, ताराध्वज शाही तथा महेश अधिकारी चयन भएका छन्।
विभागले नारायण अधिकारी,दीपक बोगटी, राजु शर्मा, शिव थापा, विनोद यादव, मिलन ठकुरी, टंक खड्का, शुन्दर आले मगर र शिव खड्कालाई सल्लाहकारको जिम्मेवारी दिएको जनाएको छ।

नवनिर्वाचित सभापति नेत्र केसीले देश विकासमा योगदान पुर्याउने उद्देश्यले राजनीतिमा सक्रिय भएको बताउँदै मलेसियामा रहेका नेपालीहरूको हक, हित र अधिकारका पक्षमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली समुदायका समस्या समाधान, आपसी सहकार्य तथा संगठनलाई थप सशक्त बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सँग समन्वय गरेर अघि बढ्ने धारणा राखे।
“देश परिवर्तन गर्नुभन्दा पहिले आफू परिवर्तन हुनुपर्छ, परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्छ,” भन्दै उनले जिम्मेवार नागरिक चेतना, अनुशासन र सकारात्मक सोचमार्फत मात्रै समाज तथा राष्ट्र रूपान्तरण सम्भव हुने बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा रास्वपा प्रवास विभागका सचिव पदमराज पन्थीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना दिँदै मलेसियामा रहेका नेपाली श्रमिक तथा समुदायका समस्याप्रति पार्टी संवेदनशील र प्रतिबद्ध रहेको बताए। उनले प्रवासी नेपालीहरूको हक, सुरक्षा, न्याय र सम्मानका लागि रास्वपा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरे।
विशेष अतिथि तथा एनआरएनए आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपानेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै प्रवासमा रहेका नेपाली समुदायलाई एकताबद्ध गरी रचनात्मक तथा परिणाममुखी कार्यमा केन्द्रित हुन आग्रह गरे।
त्यसैगरी मलेसियास्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै दूतावास सबै संघ–संस्थासँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताइन्। उनले प्रवासी नेपालीहरूको समस्या समाधान, सेवा प्रवाह तथा समुदायसँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाइन्।

अधिवेशनका निर्वाचन अधिकृत मिमलाल शर्माले निर्वाचित पदाधिकारी तथा सदस्यहरूको औपचारिक घोषणा गर्दै प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा रास्वपा नेता प्रमोद न्यौपाने, मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी तथा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।
‘जय नेपाल’ नारासहित विभागले आगामी कार्यकालमा मलेसियामा रहेका नेपालीहरूको हक, हित, सुरक्षा, एकता तथा अधिकार संरक्षणका लागि अझ सक्रिय र प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।















