इरानी सेनाको कब्जामा परेका अमृत झा रिहा
- बैशाख २, २०८३
- 0
काठमाडौं । इरानी सेनाको कब्जामा परेका नेपाली युवा अमृत झा रिहा भएका छन् ।
चैत पहिलो साता इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुल्युसनरी गार्डले उनलाई नियन्त्रणमा लिएको थियो ।
आज उनी रिहा भएको परराष्ट्रमन्त्री शिशिर खनालले जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत पनि यसको जानकारी दिएका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले उनी सम्पर्कमा आइरहेको बताउँदै इरानबाट ल्याउने प्रयास भइरहेको बताए ।
‘अमृत झा, जसलाई इरानमा पक्राउ गरिएको थियो, रिहा भएका छन्। इरानमा रहेको हाम्रो महावाणिज्य दूतावास तथा कतार दूतावास उनको सम्पर्कमा छन्। हाम्रो टोली उनलाई इरानबाट बाहिर निकाल्नका लागि काम गरिरहेको छ।’ उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
झा दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका थिए । वैदेशिक रोजगारीका लागि उनी दुई वर्षअघि दुबई गएका थिए ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










