युएईमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन दूतावासको आग्रह
- फाल्गुन १६, २०८२
- 0
काठमाडौं । इरानले आबुधावीको अल(दाफ्रामा रहेको अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।
नेपाली दूतावास आबुधावीले ट्राभल एडभाइजरी जारी गर्दै नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न, सावधानी अपनाउन र युएई सरकारले जारी गरेको सुरक्षा निर्देशको पालना गर्न अनुरोध गरेको छ।
‘मध्यपूर्वमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्समा रहेकका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रामा ननिस्कन, साबधानी अपनाउन, युएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचनाहरुको पालना गर्न अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ ।
आपतकालीन सुझाव, सल्लाह र सहयोको लागि नेपाली राजदूतावास अबुधाबी र नेपाली महावाणिज्यदूतावास दुबईमा सम्पर्क गर्न दूताबासले अनुरोध गरेको छ । युएई सरकारले नागरिकहरुलाई घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










