हमासले इजरायललाई हस्तान्तरण गर्‍यो विपिन जोशीको शव

news-details

काठमाडौं : प्यालेस्टाइनको लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ।

बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ। हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो।

हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो। हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया