अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं
- अशोज २५, २०८२
- 0
विश्वभर छरिएर रहेका झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन् ।
झापाको बिर्तामोडमा सम्पन्न समाजको पाँचौँ अधिवेशनले चम्लागाईंको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति निर्वाचित गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल, उपाध्यक्षमा नविन पोखरेल र चूडामणि कार्की, महिला उपाध्यक्षमा सीता पाण्डे, महासचिवमा चिरण खवास, सचिवमा भवानी प्रसाद कोइराला र अजय राजबंशी, कोषाध्यक्षमा उमेश पोखरेल तथा सह–कोषाध्यक्षमा रविन गिरी चयन गरेको छ ।
विगत ३० वर्षदेखि कतारमा व्यवसाय गर्दै आएका तथा नेपाल व्यवसायी संघ कतारका अध्यक्ष समेत रहेका झापा बाह्रदशी गाउँपालिका–डाँगीबारीका चम्लागाईं यसअघि समाजका वरिष्ठ उपाध्यक्ष रहेका थिए । उनको नेपालमा समेत विभिन्न व्यवसाय सञ्चालनमा रहेको छ ।

यस्तै मध्यपूर्व क्षेत्रीय संयोजकमा केशव कार्की (कतार) र उपसंयोजकमा टिका ढकाल (ओमान), युरोप क्षेत्रीय संयोजकमा लोकेन्द्र नेपाल (बेल्जियम) र उपसंयोजकमा प्रकाश गिरी (नेदरल्याण्ड्स), ओसियानिया क्षेत्रीय संयोजकमा निरञ्जन प्रसाई (अष्ट्रेलिया), अमेरिका क्षेत्रीय संयोजकमा आशिष संग्रौला (संयुक्त राज्य अमेरिका) र उपसंयोजकमा दिल्ली थापा (संयुक्त राज्य अमेरिका) चयन भएका छन ।
निर्वाचन प्रमुख दिनेश पोखरेलले नयाँ कार्यसमिति घोषणा गर्दै निर्वाचन सफल र सहमतिको वातावरणमा सम्पन्न भएको बताए ।
मुकुन्द ढुङ्गानाको अध्यक्षतामा आयोजित पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रूपमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी उपस्थित थिए । कार्यक्रममा विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, कलाकार अशोक शर्मा, पत्रकार टिकाराम यात्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य दिपक चुडालले गरेका थिए भने कार्यक्रमको सञ्चालन नविन पोखरेलले गरेका थिए ।
समृद्ध झापा निर्माणका लागि अन्तराष्ट्रिय झापाली समाज भन्ने मूल मन्त्रका साथ स्थापना भएको समाजले स्थापनाको छोटो समयमा विश्वका ४० देशमा देशहरुमा आफ्नो सञ्जाल विस्तार गरिसकको छ ।
समाजका नवनिर्वाचित अध्यक्ष चम्लागाईले विश्वभर रहेका झापालीहरुलाई एकवद्ध गर्दै उनीहरुको समस्या समाधानमा समाजले अहंम भूमिका खेल्ने बताउदै समृद्ध झापा निर्माणको अभियानलाई थप शसक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
उनले भने ‘सबैको सल्लाह, सुझाव, मार्गदर्शन र सामुहिक निर्णय बमोजिम इमान्दारपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । झापाको पहिचान विश्वमाझ स्थापित गर्दै संस्थाको गरिमा उच्च बनाउने तथा झापाको विकासमा सहकार्य गर्नेसहित नयाँ कार्यसमितिको कार्ययोजना सफल बनाउन सबैको साथ, सहयोग, सहकार्यको अपेक्षा गर्दछु ।’















