कतारमा रहेका नेपालीलाई नियम कानूनको पालना गर्न आग्रह गर्दै दूतावासले गरायो १७ बुँदामा सचेत

news-details

कतारमा रहेका नेपालीलाई कतारको नियम, कानून, सांस्कृतिक मूल्य-मान्यता पूर्णरुपमा पालना गर्न नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

कतारस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै कतारको नियम, कानून, सांस्कृतिक मूल्य-मान्यता पूर्णरुपमा पालना गर्न आग्रह गरेको हो ।

पछिल्लो समय कतारमा रहेको नेपालीहरु विभिन्न अपराधिक क्रियाकलापमा संलग्न पाइएकाले सचेत गराउन यस्तो सूचना जारी गरेको दूतावासले जनाएको छ ।

सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागू पदार्थ ओसारपसार, मादक पदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोवार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली गलौज र चरित्रहत्या, तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाइदिने भनी ठगी कार्य, अध्यागमन र ट्राफिक नियमको उल्लङ्घन आदि दण्डनीय कार्य भएको हुँदा यस्ता कार्यहरूमा संलग्न नहुन दूतावासले अनुरोध गरेको छ ।

साथै विशेष सावधानी अपनाउन १७ बुँदे नियम पालन गर्न नेपाली समुदायमा अनुरोध गरेको छ । दूतावासले सार्वजनिक स्थलमा मादक पदार्थ र धुम्रपान सेवन नगर्न भनेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया