झापाली समाज ओमानले अन्तर्राष्ट्रिय स्तरको सास्कृतिक कार्यक्रम गर्दै

news-details

‘एकता र संस्कृतिको संगालो, पीडितको जीवनमा आशाको उज्यालो’ भन्ने नारा सहित झापाली समाज ओमानले राहत तथा उद्धार कोष सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम २०२५ गर्ने भएको छ ।

प्रिन्स प्यालेस, मस्कटमा आयोजना हुने सास्कृतिक कार्यक्रममा नेपालबाट आउने प्रख्यात गायक–गायिका महेश काफ्ले र अस्मिता अधिकारीको लाइभ प्रस्तुतिका साथै तामाङ, किरात, गुरुङ्ग, मगरलगायतको जातिय भेषभुषा सहित सास्कृतिक नृत्यहरु प्रस्तुत हुने समाजका अध्यक्ष पवन शाक्यले जनाएका छन ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष लगायतका पदाधिकारीहरुलाइ विशेष अतिथिको लागि निमन्त्रणा गरि सकिएको पनि समाजले जनाएको छ ।

सन् २०२० मार्च ६ मा स्थापना भएको झापाली समाज ओमानले छोटो समयमा नै धेरै सामाजिक कार्यहरू गरि सकेको जानकारी दिदै समाजका महासचिव तथा कार्यक्रम संयोजक नेत्र मैनालीले सोही अभियानलाई अझै बढाउदै लैजान र देशको मौलिक सस्कृति जगेर्ना गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताए ।

झापाली समाज ओमानले गर्न लागेको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय स्तरको यस कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्न प्रचार–प्रसार तिव्र बनाइएको र ओमानमा भएका अहिलेसम्मका कार्यक्रमहरुमा भन्दा बढी दर्शकहरुलाई जम्मा गरेर रेकर्ड ब्रेक गर्ने उद्देश्य रहेको समाजले जानकारी दिएको छ ।

कार्यक्रमबाट बचेको रकम ओमानमा रहेका नेपालीहरुको भैपरी आउने समस्या समाधानका लागि र झापामा सामाजिक कार्यका लागि खर्चिने योजना रहेको अध्यक्ष शाक्यले बताएका छन । उनले ओमानमा रहेका नेपालीहरुको समस्यामा सहयोग गर्ने संस्थाहरुमा झापालि समाज ओमान अग्रपंक्तिमा रहेको र यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया