चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापानमा पेमा लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
- साउन ५, २०८२
- 0
काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाँउपालिकाबाट जापानमा विभिन्न पेशा–व्यवसाय गरिरहेकाहरुको साझा संस्था चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापानको प्रथम अधिवेशनले पेमा लामा वाइवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकको छ ।
समाजको आज सम्पन्न प्रथम अधिवेशनले लामाको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमितिसहित संरक्षक समिति र सल्लाहकार समिति सर्वसम्मतले चयन गरेको छ ।
अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा निरंजन गौतम, अनिल लामा, सुरेन्द्र गिरी र अमृता चौलागाई, महासचिबमा रञ्जित गौतम, सचिबमा दीपक अधिकारी, ज्ञानेन्द्र प्रधान र सुनिस लामा, कोषाध्यक्षमा सिखर चौलागाई तथा सहकोषाध्यक्षमा दिपेन्द्र गिरी चयन गरेको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा उमेश गौतम, मुक्ति गौतम, बुद्ध चौलागाई, बिकास राज गिरी, दिनेश गौतम, मनोज गिरी, दीपेन्द्र गौतम, मनिता गौतम, सीएन प्रकाश, निशाना गौतम, रोसना खरेल, दिपिका चौलागाई, विनोद गिरी, प्रधान आंदी, प्रनिल गौतम, यसोदा गौतम, निसर्जन लामा, लक्ष्मण चौलागाईं, पेम्वा लामा र राजन गौतम चयन भएका छन ।
अधिवेशनले कुलमान लामा र आर एच गौतमको संरक्षक समिति गठन गरेको छ भने मञ्जु गिरीको संयोजनमा याङ नोर्बु लामा, रमेश गौतम, चुनाबलाल तामाङ, रक्षक गौतम, अच्युत गिरी, बैकुण्ठ गौतम, ठाकुर गौतम, कुमार गिरी र अरुण राज गिरी रहेको सल्लाहकार समिति गठन गरेको छ ।
















