जिसिडि ग्रुपले दियो नेपाल फेस्टिबलमा सहभागीमध्ये २ जनालाई उपहार
- बैशाख ९, २०८२
- 0

युएईमा पहिलो पटक आयोजना भएको नेपाल फेस्टिबल २०२५मा सहभागीहरुमध्ये २ जनालाई लक्की ड्र मार्फत जिसिडि ग्रुपले उपहार प्रदान गरेको छ ।
फेस्टिबलको मुख्य प्रायोजक रहेको जिसिडि ग्रुप अन्तर्गतको जिसिडि एचआर एण्ड मेनेजमेन्ट कन्सलटेन्सीले फेस्टिबलमा सहभागी दर्शकहरुमध्ये लक्की ड्र बाट २ जना बिजेतालाई यूरोपको जूनसूकै देश जानका लागि ५० प्रतिशत छुट उपहार दिने घोषणा गरेको हो ।
फेस्टिबलमा सहभागी भएकाहरुबाट लक्की ड्र गर्दा रविन्द्र यादव र सन्देश थपलिया बिजेता बन्न सफल भएको जानकारी दिदै जिसिडि ग्रुपका अध्यक्ष रमेश श्रेष्ठले बिजेताहरुलाई उपहार दावी गर्नका लागि जीसिडीको कर्पोरेट अफिस दूबईमा एकहप्ताभित्र आफ्नो परिचयपत्रसहित सम्पर्क गर्न आग्रह गरेका छन् ।
जिसिडी ग्रुपको यूएईमा मुख्य कार्यालय रहेको छ भने नेपाललगायत विश्वका विभिन्न मुलुकमा आफ्ना शाखा कार्यालय स्थापना गरेर मानव संशाधनसम्बन्धी काम गर्दै आएको छ ।
एनआरएनए युएईसहित यूएईमा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा नेपाली दुतावासको सयुक्त आयोजनामा सम्पन्न फेस्टिबललाई स्वास्थ्य मन्त्री प्रदिप पौडेलले उद्घाटन गरेका थिए । फेस्टिबललाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाही लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रममा यूएई सरकारका उच्च पदाधिकारी, विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुख, विभिन्न अन्तर्रराष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिक तथा नेपाली समूदायसहित ५० हजारभन्दा बढी सहभागि थिए ।
बरदुबईको क्रिक पार्कमा आयोजित फेस्टिबलमा नेपाली कला संस्कृति, भेषभुषाको प्रदर्शनी गरिनुका साथै नेपालको परम्परागत झाँकी, नृत्यहरू प्रस्तुत गरिएका थिए । फेस्टिभलमा नेपाली खानेकुरा, पर्यटन, हस्तकला तथा नेपाल झल्काउने किसिमका विभिन्न ५० भन्दा बढी स्टल राखिएका थिए ।