मलेसियामा अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न जनसम्पर्क समिति प्रतिवद्ध छ : अध्यक्ष पंगेनी
- बैशाख १, २०८२
- 0

नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।
मलेसियामा रहेका नेपालीहरुको समस्या र समाधानका बिषयमा नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनिको नेतृत्वमा कार्यसमितिका पदाधिकारी/सदस्यहरू,महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुको संयुक्त टोलिले राजदूत तिम्सिनालाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझदै राजदूत तिम्सिानाले नेपाली श्रमिकहरूको हकहितका लागि डटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको समितिका प्रवक्ता सरोज दाहालले जानकारी दिए । सो अवसरमा राजदूत डा तिम्सिना र राजदूतावासका प्रथम सचिव बलीराम धामीसँग मलेसियामा रहेका नेपाली श्रमिकको समस्याबारे विशेष छलफल भएको प्रवक्ता दाहालको भनाई छ ।
नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले वास्तविक समस्यामा परेका श्रमिकहरूलाई सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल फर्काउन हवाईटिकटको समस्या भए दूतावासको आग्रह अनुसार अनलिमिटेड टिकट उपलब्ध गराउन समिति प्रतिवद्ध रहेको प्रतिबद्धता जनाएका थिए ।
उनले नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र कल्याणका लागि निरन्तर पहल आवश्यक भएको बताउदै यस कार्यका लागि दूतावाससँग सहकार्य गरेर काम गर्न समिति तयार रहेको उनको भनाई थियो । सबै पक्षको समन्वय र सहकार्यले मात्र समस्याहरूको दीर्घकालीन समाधान सम्भव हुने अध्यक्ष पंगेनीको भनाई थियो ।