रमजानको अवसरमा कतारमा कम्युनिटी स्तरिय फुटबल प्रतियोगिता हुँदै, नेपालको पहिलो खेल बंगलादेशसँग हुने

news-details

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वय तथा राष्ट्रिय मानव अधिकार समिती कतारको आयोजनामा कम्युनिटी स्तरिय (NHRC) रमजान फुटबल प्रतियोगिता हुने भएको छ ।

मुस्लिमहरुको महान् चाड रमजानको अवसर पारेर यही मार्च ६ तारिखदेखि १४ तारिखसम्म हुने प्रतियोगितामा ८ वटा देशहरुको सहभागिता रहने जनाईएको छ ।

नेपाली कम्युनिटीको प्रतिनिधित्व गर्दै गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको फुटबल टिमले प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

नेपालको पहिलो खेल आगामी मार्च ७ तारिख शुक्रबार राती ९ बजे अल फुर्जान खेल मैदान ऐनखालीदमा हुने भएकाले सम्पुर्ण नेपाली कम्युनिटीलाई उपस्थित भई नेपाली खेलाडीहरुलाई हौसला प्रदान गरिदिन गैरआवासिय नेपाली संघ कतारका खेलकुद संयोजक रमेश केसीले आह्वान गरेका छन् ।

त्यस्तै गैरआवासिय नेपाली संघ, कतारका कानुनी सल्लाहकार तथा राष्ट्रिय मानव अधिकार आयोग कतारका नेपाल संयोजक प्रो. मोहम्मद रमजान अलि मियाँले यस्ता खेलकुद प्रतियोगिताले विभिन्न देशहरुको समुदायबीच एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गराउँने तथा अन्य देशहरुसँग पनि सम्बन्ध प्रगाढ बनाउँन मद्दत गर्ने भएकाले समय समयमा यस्ता खेलकुद प्रतियोगिता आयोजना गर्न आवश्यक रहेको बताए ।

प्रतियोगिताको पहिलो खेल मार्च ६ तारिखमा केन्या र नाइजेरियाबीच रहेको छ भने अन्य खेलहरु क्रमशः मार्च ६ मै भारत र फिलिपिन्सबीच, मार्च ७ मा घाना र युगान्डाबीच र मार्च ७ मै नेपाल र बंगलादेशबीच रहेको छ ।

त्यस्तै मार्च १३ मा पहिलो र दोस्रो सेमिफाइनल हुनेछ भने मार्च १४ तारिखका दिन खेलको फाइनल, समापन र पुरस्कार वितरण हुने आयोजकले जानकारी दिएका छन् ।

खेलमा प्रथम हुने टिमले नगद ५ हजार कतारि दिरामसँगै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्धितीय र तृतिय हुने टिमले क्रमशः ३ हजार कतारि दिराम र २ हजार कतारि दिरामका साथै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक केसीले जनाएका छन् ।

खेलमा प्रवेश शुल्क निःशुल्क रहेको आयोजकले जनाएका छन् । त्यस्तै खेलको बारेमा विस्तृत जानकारीका लागि गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका खेलकुद संयोजक रमेश केसी (३३३४४९७७) र कानुनी सल्लाहकार प्रो. मोहम्मद रमजान अलि मियाँ (७७३०५६५७) मा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *