‘काभ्रे सेवा समाज यूएई’मा बेता घिसिङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

news-details

यूएईमा बसोबास गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाबासीहरुको साझा संस्था काभ्रे सेवा समाज यूएईले बेता घिसिङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको हालै सम्पन्न ५ औ महाधिवेशनले आगामी कार्यकालका लागि घिसिङको अध्यक्षतामा सर्वसम्मतले कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चन्द्र योञ्जन, उपाध्यक्षमा रविन तामाङ, मनिस लोप्चन र बुद्ध मोक्तान, महासचिवमा ग्याम्सो लामा, सचिवमा ओम तामाङ, सह–सचिवमा अन्जु दोङ, कोषाध्यक्षमा मिलन लामा, सह–कोषाध्यक्षमा तेवाङ लामा, कला–सांस्कृतिक सचिवमा सुरेश लामा, खेलकुद सचिवमा डिन्छेन दोङ्ग लामा, प्रवक्तामा फूर्वा योञ्जन र महिला विभाग प्रमुखमा रजनी तामाङ चयन भएका छन ।

यस्तै सदस्यहरुमा शर्मिला लुङ्वा, सोनु लामा, लक्ष्मी गोले, शालिक राम न्यौपाने, बबिता न्यौपाने, मनीराम कार्की, विरोध मगर, सुदर्शन सेडाई, जित तामाङ, सिसक कँडेल, चन्द्र मगर, महेश तामाङ र रोशनी दोङ चयन भएका छन । यस्तै अधिवेशनले प्रमुख संरक्षकमा गोविन्द पन्त, प्रमुख सल्लाहकार/संरक्षकमा डि.बि. लुङ्गेली मगर तथा सल्लाहकारमा निरञ्जन बस्नेत र जनक सापकोटालाई चयन गरेको छ ।

वैदेशिक रोजगारी तथा व्यापार–व्यवसायको सिलसिलामा यूएई पुगेका काभ्रेपलाञ्चोक वासीहरुलाई भैपरि आउने आकस्मिक समस्याहरुको निराकरण तथा सहजीकरणमा सहायता गर्ने तथा सामाजिक–सास्कृतिक सम्पदाहरुको जगेर्ना गर्न सहयोग पुरयाउने उद्देश्यले स्थापित ‘काभ्रे सेवा समाज यूएई’ले युएईको नेपाली समूदायमा आफनो छुट्टै पहिचान बनाइसकेको छ ।

आगामी दिनमा पनि युएईमा रहेका काभ्रेपलाञ्चोकवासीहरुका समस्या समाधानका अलवा अन्य नेपाली समूदायहरुसँगको सहकार्यमा युएईमा समस्यामा परेका हरेक नेपालीलाई सहायता गर्न प्रतिवद्ध रहने तथा विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रममा अग्रसर रहने समाजले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *