नेपाल व्यवसायी संघ कतारको वार्षिक साधारण सभा : नेपालमा लगानी भित्र्याउने प्रतिबद्धता

news-details

कतारमा व्यवसाय गर्ने व्यवसायीहरुको साझा संस्था नेपाल व्यवसायी संघ कतारले बार्षिक साधारण सभा सम्पन्न गर्दै नेपालमा लगानी भित्र्याउने प्रतिवद्धता जनाएको छ ।

संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईंको अध्यक्षतामा शनिवार संघको छैटौ बार्षिक साधारण सभा तथा २०२४–२८ कार्यकालको प्रथम वार्षिक साधारण सभा गर्दै संघले कतारका लागि नवनियुक्त नेपाली राजदूत रमेश चन्द्र पौडेलको औपचारिक स्वागत कार्यक्रम गरेको छ ।

संघले लगानी प्रवर्दन उपसमिति गठन गर्दै नेपालमा लगानीको सम्भावना, अध्ययन र योजना पहिचान गरी नेपालमा लगानी गर्ने घोषणा गरेको छ ।

संघको प्रथम वार्षिक साधारण सभा कार्यक्रममा संघका उपाध्यक्ष तथा लगानी प्रवर्दन उपसमितिका संयोजक राज रेग्मीले सबैको पहलमा नेपालमा लगानी भित्र्याउने प्रतिबद्धता जनाएका छन् । रेग्मी एनआरएनएनए आइसीसी उपाध्यक्ष समेत हुन् ।

संघले लगानी प्रवद्र्धन समितिका लागि संघका संरक्षक बद्री पाण्डे र अध्यक्ष चम्लागाईं गरी दुई जना सल्लाहकार रहने गरी ९ सदस्यीय समिति बनाएको छ । उक्त समितिको सदस्यहरूमा संघका उपाध्यक्षद्वय नरेन्द्र भाट र रमेश भट्ट, सल्लाहकारद्वय धनबहादुर बलायर र प्रोफेसर रमजान अलि मियाँ, प्रवक्ता दिपजंग शाह ठकुरी, सचिवालय सदस्य क्रान्ति सिंह, सदस्यद्वय अर्पण खड्का र नवीन सत्याल रहेका छन् ।

साधारण सभामा बोल्दै संयोजक रेग्मीले आगामी ३ महिनाभित्र नै लगानीको सुरुवात गरी भविष्यमा लगानीलाई थप गर्न सकिने व्यवसाय सञ्चालन गर्न नेपालमा सोही प्रकृतिको कम्पनी दर्ता गरी सुरुवात गरिने बताए ।

उपसमितिले कतारमा रहेका व्यवसायीहरूलाई प्रोत्साहन गर्दै नेपालको आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्यका साथ लगानीकर्तालाई प्रोत्साहित गर्न र नेपालमा सम्भावित अवसरहरूको खोजी गर्न प्रतिबद्ध रहेको बताइएको छ ।

रेग्मीले कतारमा रहेका नेपाली व्यवसायीहरूले दीर्घकालिन समृद्धि आपसी सहयोगको लागि सबैले हातेमालो गरी अघि बढ्न आह्वान गर्दै लगानीको वातावरण सृजना, व्यवसायिक योजना तयार गर्दा लगानीका सम्भावनाहरू पहिचान गर्ने क्षेत्रहरू, अन्तर्राष्ट्रिय लगानीकर्तासँग समन्वय र नेपाल प्रवद्र्धन जस्ता कार्यक्रमहरू समितिले गर्ने बताए ।

रेग्मीले कतारमा करिब २५ सयको हाराहारीमा नेपाली व्यवसायी रहेको हुँदा संघसँग आबद्ध रहेरसँगै यात्रा गर्न आग्रह गरे । रेग्मीले समितिले तयार पारेको खाका सोही कार्यक्रमकाबीच संघका अध्यक्षलाई हस्तान्तरण गरेका छन् ।

साधारणसभामार्फत राजदूत पौडेललाई संघले प्रमुख संरक्षक सदस्यता प्रदान गरेको छ । संघको विधानमा कतारका लागि नेपाली राजदूत स्वतः संरक्षक रहने व्यवस्था भए बमोजिम संरक्षक सदस्यता प्रदान गरिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले दूतावास संघका लागि सहजकर्ता र सहयोगी रहने बताउँदै दूतावासले पनि सोही किसिमको साथ सहयोगको अपेक्षा गरेको बताए । उनले दूतावासले नेपाल र नेपालीको हक हितको संरक्षण र प्रवद्र्धन गर्न उत्तिकै ध्यान दिने बताए । नेपालमा उत्पादित कृषि सामग्री नेपाली हाउसमार्फत कतारको बजारमा पु¥याउनुपर्ने आवश्यकता औँल्याए । पौडेलले शुद्ध व्यवसायीलाई सदैव साथ सहयोग रहने स्पष्ट पारे ।

संघका उपाध्यक्ष नरेन्द्र भाटले स्वागत मन्तव्य राखेको साधारण सभामा आफ्नो धारणा राख्दै नेपाली राजदूतावा नियोग उपप्रमुख कुमार राईले पर्यटन र जलविद्युतले प्रवासको लगानी पर्खिरहेको र यी दुई क्षेत्रमा लगानी बढाउन सके नेपालले सामाजिक आर्थिक प्रगति गर्न सक्ने बताए ।

कतारका पुराना नेपाली व्यवसायी तथा संघका संरक्षक देवकाजी डंगोेलले सम्भवतः आफू नै कतारको सबै भन्दा पुरानो नेपाली रहेको जिकिर गरे । आफू ३२ वर्षदेखि कतारलाई कर्मथलो बनाउँदै गर्दा इतिहासको कालखण्डमा आफूहरूले नै राजदूतावासको काम सम्हालेको र नेपाली राजदूतावासको आवश्यकता महसुस गरी तत्कालीन राजा वीरेन्द्र समक्ष दूतावासको माग गरेपछि नै कतारमा दूतावासको स्थापना भएको इतिहास नवनियुक्त राजदूत शर्मालाई सुनाएका थिए ।

त्यस्तै संघका संरक्षक सदस्य बद्री प्रसाद पाण्डेले कतारका नेपाली व्यवसायीलाई श्रमिक मारा हुन् भन्ने बुझाइ पाल्ने राजदूत पनि आफूले भोगेको तितो अनुभव सुनाउँदै कतारको बजारमा नेपाली व्यवसायी र नेपाली कामदार इमानदार छन् भन्ने छवि कायम रहेको बताए ।

संघका प्रमुख सल्लाहकार प्रविन गुरुङले कतारमा रहेर सानो भन्दा सानो व्यवसाय गरेका व्यवसायीलाई पनि संघमा समेट्न आग्रह गर्दै आफूले दक्खल राख्ने क्षेत्र रोजेर लगानी गर्न सके जो कोही सफल हुने बताए । साधारणसभामा संघका उपाध्यक्ष रमेश भट्टले संस्थागत जानकारी गराउँदै युरोपियन, चाइनिज लगायत विश्वका थुप्रै व्यवसायी संघसँग समन्वय र छलफल गर्दै सहकार्यलाई अगाडि बढाएको बताए ।

उनले कतारमा रहेको नेपाली समुदायसँग पनि संघ प्रत्यक्ष जोडिएको बताउँदै कतारमा नेपाली हाउस निर्माणका लागि संघले काम गरिरहेको जानकारी दिए ।

आफ्नो शुभकामना मन्तव्य राख्दै संघका कानुनी सल्लाहकार रमजान अलि मियाँले कतार व्यवसायका लागि अति सहज राष्ट्र भएको धारणा राख्दै नेपाली व्यवसायीले विभिन्न क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । कोषाध्यक्ष चूडामणि कार्कीले आयव्यय पेस गरेको साधारण सभामा महासचिव शंकर प्रसाद न्यौपानेले एक वर्षको कार्यप्रगति विवरण पेस गरेका थिए ।

सचिव राज देवकोटाले सहजीकरण गरेको सभालाई समापन गर्दै सभाध्यक्ष चम्लागाईंले नवनियुक्त राजदूतलाई कतारमा आफ्नो साधारण सभामा नै स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे ।

अध्यक्ष चम्लागाईंले संघको उद्देश्य अनुरूप नेपाल उद्योग वाणिज्य महासंघ, निर्यात व्यवसायी महासंघसहित नेपालका अन्य संघ तथा कतारमा रहेका विभिन्न निकाय तथा संघसँग सहकार्य गरिरहेको बताए । नेपालमा लगानी भित्र्याउन संघले काम गरिरहेको बताउँदै नेपाली दूतावासले देखाएको अभिभावकत्वप्रति हार्दिक आभार व्यक्त गरे ।

कतार सरकारमा आधिकारिक दर्ता भएको नेपाल व्यवसायी संघले भर्खरै मात्र नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक सदस्यता पत्र प्राप्त गर्ने पहिलो वैदेशिक संघको मान्यता पाएको छ ।

    

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *