युनाइटेड नेपाली डायस्पोराको प्रथम महाधिवेशन काठमाडौंमा जारी, जलवायु परिवर्तनका असरबारे छलफल

news-details

डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो महाधिवेशन आज(शनिबार) र भोलि(आइतबार) सम्म जारी रहने छ ।

महाधिवेशनका लागि विश्वभरबाट प्रवासी नेपालीहरु काठमाडौं आएका छन् । गैर आवासीय नेपाली संघ(एनआरएनए) विभाजित भएपछि एनआरएनएकै अभियन्ताहरुले स्थापना गरेको यूएनडीयो महाधिवेशनमा एनआरएनएकै पूर्वअध्यक्ष शेष घले, अभियन्ता जमुना घले, पूर्वउपाध्यक्ष सोनाम लामालगायत सयौं नेपालीहरुले महाधिवेशनमा सहभागिता जनाएका छन् ।

महाधिवेशनका लागि करिब ३० बढी देशका प्रतिनिधि काठमाडौं आइसकेको कोषाध्यक्ष कुशल केसीले जानकारी दिए । ‘यो विशुद्ध गैरराजनीतिक सामाजिक संस्था हो । मातृभूमीका लागि केही गर्ने मनसायले संस्था स्थापना भएको हो । यसमा वास्तविक गैरआवासीय नेपालीहरुको संलग्नता हुने बैधानिक ब्यबस्था छ। तर कानुनी रुपमा दुइ बर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मुलका व्यक्तिहरु संस्थाको सदस्य बन्न पाउने छन्,’ उनले भने,‘विशिष्ट पाहुनाहरुको साथमा हामी प्रथम महाधिवेशन गरिरहेका छौं ।’

पहिलो दिन शनिबार विहान ८ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न विषयहरुमा छलफल कार्यक्रमको आयोजना भइरहेको छ । फरक फरक विषयमा छलफल गर्न विषयविज्ञहरु लाजिम्पाटस्थित होटलमा जम्मा भएका छन् ।

कार्यक्रममा कुलमान घिसिङ, नरेश शर्मा, कुन्द दिक्षित, डा.अमिना महर्जन, डा. गणेश गुरुङ, पर्यटन बोर्डका सिइयो दिपकराज जोशी, डा. युवराज संग्रौला, डा. जितेन्द्र उपाध्यय तिमिल्सिना, डा. इन्दिरा अधिकारीलगायत दर्जनौं विज्ञहरुले पहिलो दिनको कार्यक्रममा विषयबस्तुमाथि प्रश्तुती दिंदैछन् । दोस्रो दिन नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम छ ।

मार्च २०२२ मा काठमाडौंमा गैरआवासीय नेपाली संघका अग्रज एवम अभियन्ताहरुको अगुवाइमा यूएनडिओ नामको सँस्था स्थापना गर्नुपर्ने निष्कर्षमा संस्था स्थापना गरिएको थियो ।

दर्ता प्रक्रियाको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा लामो समय लागेको र कानुनी रुपमा सर्वोच्च अदालतमा ढोका ढकढक्याउँदा यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश अनुसार संस्था दर्ता प्रक्रिया अघि बढेको थियो ।

आदेश अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट विदेशमा बस्ने नेपाली र नेपाली मुलका नेपाली संबन्धि ऐन अन्तर्गत संस्था दर्ता भएको हो ।

सरकारको परराष्ट्र मन्त्रालयको एनआरएन ऐन अन्तर्गत डायस्पोरा नेपालीहरु सदस्य र संलग्न हुनेगरी यो संस्था दर्ता छ । गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा संस्था क्रियाशील छ । आइतबार अपरान्ह संस्थाको नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *