निरन्तर रेमिट्यान्स भित्र्याएकोमा अध्यक्ष चम्लागाईलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैकको सम्मान

news-details

नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाँईलाई नेपाल इन्भेष्टमेण्ट मेघा बैंकले निरन्तररुपमा रेमिट्यान्स भित्र्याएकोमा सम्मान प्रदान गरेको छ ।

नेपालमा रेमिट्यान्स भित्र्याउन उल्लेख्य योगदान गरेको भन्दै कतारका सफल व्यवसायी समेत रहेका चम्लागाँईलाई आइतबार प्रंशसा–पत्रद्वारा बैकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सम्मान प्रदान गरेका हुन् ।

सन् २००७ देखि चम्लागाँईले नेपाल इन्भेष्टमेण्ट बैंकबाट रेमिट्यान्स भित्र्याउँदै आएका छन् । कतारमा सन् १९९६ मा कामदारका रुपमा छिरेका चम्लागाई व्यवसायमा हात हाल्दै सफल बनेर अहिले नेपाल व्यवसायी संघ कतारका अध्यक्ष रहेका छन् ।

चम्लागाईलाई केही समय अगाडि नविल वैंकले पनि उल्लेख्यरुपमा आफ्नो बैक मार्फत रेमिट्यान्स भित्र्याएको भन्दै सम्मान गरेको थियो ।

चम्लागाई कतारमा आफ्नो कम्पनीको पुर्ण स्वामित्व (शेयर) प्राप्त गर्ने पहिलो नेपाली व्यवसायी पनि हुन् । विगत १४ बर्षदेखि संचालनमा रहेको उडल्याण्ड कन्ट्रयाक्टिङ एण्ड जेनेरल सर्भिस अहिले पुर्णरुपमा चम्लागाईको स्वामित्वमा छ ।
सामाजिक तथा व्यवसायिकरुपमा सफल चम्लागाई विदेशको कमाईलाई स्वदेशमा ल्याएर लगानी गर्ने अभियानमा रहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *