नेप्लीज अष्ट्रेलियन डेमोक्र्याटिक फोरमको अध्यक्षमा डा. रेग्मी चयन
- अशोज १९, २०८१
- 0

नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडीएफ) को अध्यक्षमा डा. ज्ञानेन्द्र रेग्मी चयन भएका छन् ।
एनएडीएफको अधिवेशनले डा. रेग्मीको अध्यक्षतामा आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा छवि सापकोटा, महासचिवमा हरिकृष्ण अधिकारी, सचिवमा निजन चौलागाई, कोषाध्यक्षमा विकास झा, युवा संयोजकमा भुपेन्द्र कँडेल चयन भएका छन् । त्यसरी नै सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, रमेश केसी र सुजन निरौला चयन भएका छन् ।
एनएडीएफको अधिवेशनबाट अध्यक्ष चयन भएपछि डा. रेग्मीले यो संस्थालाई लोकतान्त्रिक विचार मन्थनको चौतारी बनाउने बताए । उनले अष्ट्रेलियामा आप्रवासीहरुको समस्या, अष्ट्रेलियन राजनीतिमा नेपालीहरुको उपस्थिति, अनुभव र चुनौती, गणतान्त्रिक नेपालमा २० वर्षदेखिका उपलब्धि तथा उत्पन्न समस्याबारे समाधानका उपायलगायतका विषयमा छलफल चलाउने योजना बनाएको पनि बताए ।