सगुन ग्रुपः अष्ट्रेलियाभर ‘नेपाली टेष्ट’ पस्कदै भुषण

news-details

‘टेष्ट अफ नेपाल, बेष्ट अफ नेपाल’ भन्दै नेपालमा उत्पादन भएका उत्कृष्ट प्रोडक्टलाई अष्ट्रेलियाभरी पुर्याइरहेको छ, सगुन ग्रुपले ।

विदेशी भूमीमा नेपाली स्वाद चखाइरहेको सगुन ग्रुपले अष्ट्रेलियाको सिड्नीबाट यात्रा शुरु गरेर अहिले अष्ट्रेलियाका हरेक शहरमा नेपाली प्रोडक्ट पुर्याइरहेको छ । एकसयभन्दा बढि नेपाली प्रोडक्ट अष्ट्रेलियामा विक्रि वितरण गरिरहेको सगुन ग्रुपको संचालन काठमाडौंका भुषण कक्षपतीले गरेका छन् ।

सन् २०१९ जुलाईमा केही साथीहरु मिलेर संचालनमा ल्याएको सगुन ग्रुप २०२० जनवरीदेखि भुषण एक्लैले हाँकिरहेका छन् ।

अष्ट्रेलियाका हरेक नेपालीको भान्सामा सगुन ग्रुपका सामाग्री पुगेका छन् । अष्ट्रेलियामा नेपाल पुर्याइरहेका भुषणले नेपालबाहिर नेपाल चिनाइरहेका छन् ।

सगुन ग्रुप सबै नेपाली उत्पादनहरूको आयातकर्ता, थोक बिक्रेता र वितरक पनि हो । नेपालमा सगुन ग्रुपको भगिनी कम्पनी, सगुन एक्सपोर्ट नेपाल प्रालि काठमाडौंमा रहेको छ । नेपालको कम्पनीले अष्ट्रेलियामा गुणस्तरीय नेपाली उत्पादन छिटो र सहजढंगबाट उपभोक्ताको हातमा पुर्याइरहेको छ ।

स्थापनाको छोटो समयमा अष्ट्रेलियामा नेपाली उत्पादनहरुको बढ्दो मागलाई मध्यनजर गर्दै सस्तो मूल्य र उत्कृष्ट गुणस्तरका सामाग्री समयमै आपूर्ति गरिरहेको संचालक भुषणको भनाई छ ।

सगुन ग्रुपले नेपाली उत्कृष्ट ब्राण्डमा प्रोडक्टका साथै आफ्नै सगुन ग्रुपको ब्रान्डिङ गरेर विक्रि वितरण गरिरहेको छ ।

भुषण भन्छन्–‘ काठमाडौंमा लोडिङ भएको सामान बिरगंजमा कस्टम क्लियरेन्स गरेर इन्डियाको कलकत्तामा लान्छौ । त्यसपछि त्यहाँको कम्पनीबाट बल्ल पानीजहाजबाट लगभग ४५ दिनदेखि ६० दिनभित्र सामानहरु यहाँ आइपुग्छ ।’

नेपाली उत्पादनका सामाग्री अष्ट्रलिया पुर्याउन त्यति सहज छैन । भुषणलाई ५/६ महिना त अध्ययन र अनुसन्धान गर्नमा नै समय लाग्यो । धेरै कानूनी प्रकृया र डकुमेन्टेशन गरेपछि पहिलो पटक सन् २०१९ डिसेम्बरमा नेपाली सामान अष्ट्रेलिया पुग्यो । अनि मात्र भुषणको सपनाले बाटो समाउन थाल्यो ।

पहिलो लटमा नेपाली टिपिकल प्रोडक्टहरु अष्ट्रेलिया ल्याउन सफल भुषणले अहिले आफ्नो क्षेत्रमा निकै अनुभव हाँसिल गरिसकेका छन् । नेपालबाट पठाएको सामान अष्ट्रेलिया पुग्नका लागि ४५ दिनदेखि ६० दिनसम्म लाग्ने गर्दछ । भुषण भन्छन्–‘ काठमाडौंमा लोडिङ भएको सामान बिरगंजमा कस्टम क्लियरेन्स गरेर इन्डियाको कलकत्तामा लान्छौ । त्यसपछि त्यहाँको कम्पनीबाट बल्ल पानीजहाजबाट लगभग ४५ दिनदेखि ६० दिनभित्र सामानहरु यहाँ आइपुग्छ ।’

त्यही भएर सगुन ग्रुप आफैले राम्रोसँग प्याकिङ गरेर सामानहरु पठाउने गर्दछ । छिटो विग्रने सामानहरु ल्याउन निकै असहज हुन्छ । ‘अष्ट्रेलियामा ल्याएर नेपाली प्रोडक्ट बेच्न त्यति सहज छैन,हामीले ५ वर्षको यात्रामा हजारौ सामानहरु फाल्नु परेको छ तर अहिले धेरै थाहा हुँदै गयो र अनुभव पनि प्राप्त भयो’ संचालक भुषण बताउँछन् ।

अहिले सगुन ग्रुपले नेपालबाट महिनाको २-३ कन्टेनर सामान अष्ट्रेलिया भित्र्याइरहेको छ । अझ चाडवाडको समय अझ धेरै सामान ल्याउने गरेको भुषणको भनाई छ ।

अष्ट्रेलियामा अहिले नेपालीहरुको संख्या दिनानु दिन बढिरहेको छ । नेपालीहरु बढ्नु भनेको सगुन ग्रुपको ब्यापार बढ्नु पनि हो ।

भुषण भन्छन्–‘ अष्ट्रेलियामा अहिले विद्यार्थीहरु धेरै आइरहेका छन्, उनीहरु ३–४ वर्षसम्म नेपाली खाना नै खाने गर्छन् अनि नेपाली परिवारहरु पनि नेपाली प्रोडक्ट नै पाएसम्म लिनुहुन्छ ।’ अहिले सगुन ग्रुपमा सबैभन्दा बढि वाइवाई चाउचाउ, करेन्ट चाउचाउ, नेपाली लिक्वेर्स, दाल, अचार विक्रि हुने गरेको भुषणको भनाई छ ।

नेपालीले मात्र नभएर विभिन्न देशका नागरिकले नेपाली प्रोडक्टहरु प्रयोग गर्ने गरेका छन् । उनीहरु पनि नेपाली सामान मन पराउँछन् ।

नेपालमा लोडिङ गरेको सामान सीधै पुग्दैन अष्ट्रेलिया

नेपालमा लोडिङ भएको सामान सीधै अष्ट्रेलिया पुग्दैन । एक प्रकारको केमिकल हालेर मात्र सामान अष्ट्रेलिया लैजान पाइन्छ । यो केमिकल नेपालमा प्रतिवन्ध रहेको छ । नेपालमा लोडिङ भएको सामान फेरि भारतमा यो केमिकल हाल्नका लागि पुरै खोल्नु पर्छ अनि फेरि पहिलाजस्तै लोडिङ गर्नुपर्छ ।

नेपालमा उत्पादन भएका सामाग्री विदेश पठाउन धेरै असहज छ । नेपालसँग समुन्द्र नजोडिएको हुँदा भारतसँग भर पर्नु पर्ने अवस्था रहेको छ । नेपाल ल्याण्डलक देश भएकाले अष्ट्रेलियाले नेपाललाई अफ्रिकन देशको सुचीमा राख्ने गरेको छ ।

त्यति मात्र होइन नेपालमा लोडिङ भएको सामान सीधै अष्ट्रेलिया पुग्दैन । एक प्रकारको केमिकल हालेर मात्र सामान अष्ट्रेलिया लैजान पाइन्छ । यो केमिकल नेपालमा प्रतिवन्ध रहेको छ ।

नेपालमा लोडिङ भएको सामान फेरि भारतमा यो केमिकल हाल्नका लागि पुरै खोल्नु पर्छ अनि फेरि पहिलाजस्तै लोडिङ गर्नुपर्छ । यसका लागि पैसा र समय धेरै खर्च भइरहेको छ । यो केमिकल नेपालमा नै प्रयोग गर्न सकेमा धेरै नेपाली सामानहरु सस्तो मुल्यमा अष्ट्रेलिया पु¥याउन सक्ने दावी भुषणको रहेको छ ।

उनी भन्छन्–‘ हामी यो केमिकलका लागि इन्डियाको भर पर्नु पर्छ, नेपाल सरकारले अष्ट्रेलियन सरकारसँग समन्वय गरेर सवैको स्वीकृतिपछि नेपालमै लगाएर सामान लोड गर्दा धेरै सजिलो हुनेथियो ।’

नेपाली सामानको अष्ट्रेलिया पुग्दा तुलनात्मकरुपमा मंहगो हुने गरेको छ । भुषण प्रष्ट पार्दै भन्छन्–‘कस्टको हिसाबले हेर्नुपर्दा इन्डियाको सामानहरु सीधैं आउँछ र हाम्रो इन्डियासम्म आउँदा बढि कस्ट लाग्ने भएकाले इन्डियन सामानभन्दा अलि महँगो पर्न जान्छ ।’

नेपाल सरकार र अष्ट्रेलियन सरकारबीच ब्यापार तथा लगानी गर्ने विषयमा सम्झौता भए पनि कार्यान्वयन हुन सकेको छैन । तत्कालिन परराष्ट्र मन्त्री एनपी साउद र अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले हस्ताक्षर गरेता पनि कार्यान्वयन नहुँदा व्यापार व्यवसायमा लाग्नेलाई असहज भएको छ । भुषण भन्छन्–‘दुई देशबीच सम्झौता हुन सके नेपालको वियर ल्याउँदा मंहगो कर तिर्नु पर्ने थिएन, लोकल मार्केटमा सहजरुपमा विक्रिवितरण गर्न सक्थियौ ।’ नेपालबाट धेरै आयात गर्न सकेको खण्डमा नेपाल सरकारलाई पनि फाइदा पुग्ने थियो।

सगुन ग्रुपमा के के पाइन्छ ?

नेपालमा उत्पादन भएका विभिन्न ब्राण्डका अचारदेखि कोदो, फापर, मकैको पीठो सगुन ग्रुपमा उपलब्ध छ । मुलाको सिन्की, तोरीको गुन्द्रुक, मार्सी चामलदेखि मस्यौरा नेपाली थुक्पा पाइन्छ । अझ विशेष त थकाली दाल, कालो भटमास, टिमुरदेखि लिएर अचार खाने सानो केराउ अनि खैरो तील समेत उपलब्ध छ ।

नेपालमा एकै ठाउँमा नपाउने सामान सगुन ग्रुपमा पाउँन सकिन्छ । नेपाल चिनाउने सामाग्रीदेखि भान्साका सामान सगुन ग्रुपले अष्ट्रेलियाभरी उपलब्ध गराइरहेको छ । एक सयभन्दा बढि प्रकारका नेपाली प्रोडक्ट सगुनमा पाइन्छ ।

नेपालमा उत्पादन भएका विभिन्न ब्राण्डका अचारदेखि कोदो, फापर, मकैको पीठो सगुन ग्रुपमा उपलब्ध छ । मुलाको सिन्की, तोरीको गुन्द्रुक, मार्सी चामलदेखि मस्यौरा नेपाली थुक्पा पाइन्छ । अझ विशेष त थकाली दाल, कालो भटमास, टिमुरदेखि लिएर अचार खाने सानो केराउ अनि खैरो तील समेत उपलब्ध छ ।

सगुनले चौधरी ग्रुपका उत्पादन चाउचाउ धेरै मात्रामा अष्ट्रेलियामा पुर्याइरहेको छ भने नेपाली वियर तथा ह्वीस्की पनि विक्रिवितरण गरिरहेको छ ।

यस्तै नेपाली धर्म र परम्परा अनुसार गरिने पुजाका लागि सम्पुर्ण सामाग्रीहरु पाइनुका साथै पुजाका लागि मन्दिर तथा मुर्तीहरु समेत सगुन ग्रुपमा रहेका छन् ।

नेपाली उत्पादन धेरैभन्दा धेरै अष्ट्रेलिया पुर्याउने लक्ष्य

सगुन ग्रुपले धेरैभन्दा धेरै नेपाली उत्पादनलाई अष्ट्रेलिया पुर्‍याउने लक्ष्य राखेको छ । अहिले बिदेशमा नेपाली प्रोडक्ट पुगेर विक्रिवितरण हुनु आफैमा ठूलो उपलब्धि हो ।

नेपालमा भन्दा विदेशमा मुल्य पनि राम्रो पाइरहेको हुन्छ । अझ धेरै प्रोडक्टहरु बनाउने हो भने विदेशमा राम्रो खपत हुने भुषणको भनाई छ ।

सगुन ग्रुपले भर्खरै सिड्नीको ब्लाक टाउनमा सगुन बुचरी संचालनमा ल्याएको छ । नेपाली टिपिकल प्रकारका फ्रेस खसीको छालासहित मासु, लोकल भाले, राँगाको मासुलगायतका मासु उपलब्ध गराइने संचालक भुषण बताउँछन् ।

सगुन ग्रुपले भर्खरै सिड्नीको ब्लाक टाउनमा सगुन बुचरी संचालनमा ल्याएको छ । नेपाली टिपिकल प्रकारका फ्रेस खसीको छालासहित मासु, लोकल भाले, राँगाको मासुलगायतका मासु उपलब्ध गराइने संचालक भुषण बताउँछन् । दशैंमा शुद्ध खसीको मासु उपलब्ध गराउने उनको भनाई छ ।

अझै पनि नेपालमा उत्पादित नयाँ नयाँ सामानहरु अष्ट्रेलिया पु¥याउने र सकेसम्म नेपालबाटै प्याकेजिङ गरेर इन्डिया र अरु देशसँग प्रतिस्पर्धा गर्दै आगामी दिन अझ आक्रामक भएर बजारमा आउने सगुन ग्रुपको योजना छ । अब आउने दिनहरुमा क्वालीटी र क्वान्टीटी बढाउने योजनामा काम गरिरहेको भुषण भनाई छ ।

विदेशमा बस्ने नेपालीहरुले पनि सकेसम्म आफ्नो देशको उत्पादनको प्रयोग गर्ने र सगुन ग्रुपको व्यवसायिक अभियानलाई प्रोत्साहन गर्दै साथ दिने हो भने सवैलाई फाइदा पुग्नेछ । नेपालको उत्पादन विदेशमा पुग्ने छ, विदेशले नेपाल चिन्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *