अष्ट्रेलियाको पर्थ सिटीमा नेपाली तीन युवाले खोले ‘पिज्जा शप’

news-details

विद्यार्थीका रुपमा अष्ट्रेलिया छिरेका तीन जना युवाहरुले मिलेर अष्ट्रेलियाको पर्थ शहरको मुटुमा नै ‘पिज्जा शप’ संचालनमा ल्याएका छन् । आफुले पढ्दै काम गर्दा सिकेको अनुभवलाई उनीहरुले आफ्नै व्यवसायमा परिणत गरेका छन् ।

भक्तपुरका समुन्द्र पुरी, सन्तोष थापा र रसिन खड्का मिलेर पर्थ सिटीमा ‘न्यु इटालियन स्लाइस पिज्जेरिया’ संचालनमा ल्याएका हुन् । नेपाली युवाहरु मिलेर उद्यमी पनि बन्न सक्छन् भनेर उदाहरण प्रस्तुत गरेका यी युवाहरुले विदेशी बजारसँग प्रतिष्पर्धा गर्ने आँट गरेका छन् ।

पिज्जा शप अपरान्ह ११ बजेदेखि विहानको ४ बजेसम्म खुल्ने संचालक समुन्द्र पुरी बताउँछन् । उनी भन्छन्–‘मलगायत सन्तोष थापा र रसिनखड्का लगभग ४–५ वर्ष अघिदेखिकै साथी हौ, अव हामीले पनि केही गर्नुपर्छ भनेर यो शप खोलेका हौं ।’

समुन्द्र भन्छन्– ‘हामीले फास्टफुड टाइपको पिज्जा सप खोलेका हौ, डेढ मिनेटमा पिज्जा रेडि गरेर सर्भ गर्छौ, हाम्रो शप क्लव लाइनमा भएकाले उनीहरुलाई नै टार्गेट गरेर खोलिएको विजनेश हो यो ।’

गत शुक्रवार औपचारिक उद्घाटन भएको पिज्जा शप अपरान्ह ११ बजेदेखि विहानको ४ बजेसम्म खुल्ने संचालक समुन्द्र पुरी बताउँछन् । उनी भन्छन्–‘मलगायत सन्तोष थापा र रसिन खड्का लगभग ४–५ वर्ष अघिदेखिकै साथी हौ, अव हामीले पनि केही गर्नुपर्छ भनेर यो शप खोलेका हौं ।’

उनीहरुको पिज्जा शप सिटीको क्लव लाइनमा रहेको छ, जुन क्षेत्र रातभर जाग्राम हुने क्षेत्र हो । समुन्द्र भन्छन्– ‘हामीले फास्टफुड टाइपको पिज्जा सप खोलेका हौ, डेढ मिनेटमा पिज्जा रेडि गरेर सर्भ गर्छौ, हाम्रो शप क्लव लाइनमा भएकाले उनीहरुलाई नै टार्गेट गरेर खोलिएको विजनेश हो यो ।’

तीनै जनासँग पिज्जामा काम गरेको अनुभव रहेको छ । काम गरेको अनुभव र केही पूँजी लगाएर उद्यमशिलतामा हात हालेका यी युवाहरु आफ्नै व्यवसाय संचालनसँगै निकै उत्साहित छन् ।

सामाजिक कार्यमा पनि सक्रिय समुन्द्र भन्छन्– ‘सुरुमा मैले अष्ट्रेलिया आएर पिज्जा शपमा दिनरात नभनिकन धेरै दुःख गरेर काम गरेँ, त्यही कुरा सिक्दै अहिले आफैले पिज्जा शप खोल्न सफल भए, धेरै खुसी लागेको छ ।’

उनी अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई आ–आफ्नो क्षेत्रमा केही गरेर देखाउन आग्रह गर्दछन् । उनी भन्छन्– ‘तपाई पनि जुन सेक्टरमा काम गर्नुहुन्छ, केही अनुभव लिइसकेपछि तपाईसँग पैसा पनि हुन्छ त्यसमा आफ्नो आइडिया लगाएर विजनेश गर्न सक्नुहुन्छ, अर्काकोमा सँधै काम गर्नुको सट्टा आफ्नै काम गर्दा आफै कामदार, आफै मालिक बन्न सकिन्छ ।’

पर्थमा रहेका युवाहरुले व्यवसायमा हात हाल्न थालेकोमा एनआरएनए अष्ट्रेलियाका सल्लाहकार तथा मःम प्लानेटका संचालक मिक्की सुवेदीले खुशी व्यक्त गरे । उनले युवाहरु उद्यमशिल बन्दा नेपाल र नेपालीका लागि नै गर्व महशुस हुनुपर्ने बताए ।

पछिल्लो समय नेपाली युवाहरु उद्यमशिलता तथा व्यवसायमा जोडिन थालेका छन् । स्वदेशमा मात्र होइन विदेशमा पनि नेपाली युवाहरु व्यवसायमा हात हाल्न थाल्नु सकारात्मक पक्ष हो ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *