वेष्टर्न अष्ट्रेलिया रहेका महिलाहरु सामाजिक कार्यमा सक्रिय भएर अगाडि बढ्न थालेका छन् । पारिवारिक जीवनमा मात्र होइन सामाजिक काममा पनि महिलालाई अगाडि बढाउनु पर्छ भनेर नेतृत्वदायी भूमिका खेलिरहेकी मिम सुब्बा गुरुङको सक्रियता अझ बढेको छ ।

एनआरएनए वेष्टर्न अष्ट्रेलियाकी महिला संयोजक तथा नारी निकुञ्ज वेष्टर्न अष्ट्रेलियाकी संयोजक समेत रहेकी गुरुङले महिलालाई अगाडि बढ्न हौसला प्रदान गर्दै शिक्षामा मात्र अगाडि होइन सामाजिक कार्यमा पनि महिलालाई समाजमा चिनाइरहेकी छिन् ।

गत सेप्टेम्बर १४ तारिखमा पर्थमा सम्पन्न नेपाल फेस्टिवलमा होस् या तीज कार्यक्रम गर्दा गुरुङको सक्रियता ज्यादा नै थियो । पर्थको मध्य सहरमा रहेको सुप्रिम कोर्ट पार्कमा भएको नेपाल फेस्टिवलमा गुरुङ तथा नारी निकुञ्जले परेड तथा कल्चरल कार्यक्रमको संयोजन गरेको थियो ।

१० हजारभन्दा बढि नेपाली तथा विदेशी नागरिकको उल्लेख्य सहभागिता रहेको फेस्टिवलको मुख्य आकर्षण नै विभिन्न भेषभुषा र वाजागाजासहित नेपाल चिनाउँदै पर्थको मध्य सडकमा गरिएको परेड नै रहेको थियो । फेस्टिवलमा पञ्चकन्यालाई अगाडि लगाएर पञ्चेवाजासहित विभिन्न जातजातीको भेषभुषा तथा संस्कृति झल्काउँदै परेड गरिएको थियो ।

वेष्टर्न अष्ट्रेलियामा महिलालाई अगाडि बढाउँदै ‘मिम सुब्वा गुरुङ’

एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसीसहित एनआरएनएका पदाधिकारीहरु उपस्थित रहेको मेलामा नेपाली समुदायका तीन पुस्ताहरुको सहभागिता मात्र थिएन आआफ्ना प्रस्तुतीसमेत देखाएका थिए ।

नेपाल फेस्टिवलमा नेपाल हाउस, परम्पराको प्रदर्शन, धरहरा, पशुपतिनाथ, बौद्धनाथ, हिमाल लगायत नेपाललाई झल्काउन सामाग्री राखिएका थिए । फेस्टिवलमा नेपाली कला संस्कृति झल्काउने सामाग्रीका साथै नेपाली खाना, व्यवसायहरुका स्टलहरु राखिएका थिए ।

नेपाल फेस्टिवल सफल हुनमा स्टेजमा आ–आफ्नो प्रतिभा देखाउनेहरुले मात्र होइन आफ्नो भाषा, धर्म र संस्कृतिका कल्चरल प्रस्तुतीले सफल भएको गुरुङको भनाई छ । उनी भन्छिन्– ‘हामीले लीड मात्र गरेको हो तर जिम्मेवारी सबैले पुरा गर्नुभयो, कतिपयले खटेर फिल्डमा आएर नै सपोर्ट गर्नुभयो, कति बाहिर बसेर सपोर्ट गर्नुभयो, म वहाँहहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहान्छु ।’

नेपाल फेस्टिवल पर्थमा पहिलो पटक १० मिनेट आतिशबाजी गर्दा पर्थ बजार पड्काको आवाज र लाइटले उल्लासमय बनाएको थियो । एनआरएनए वेष्र्टन अष्ट्रेलियाले आयोजना गरेको फेस्टिवलमा विभिन्न संघसंस्था, जातिय समुह तथा क्लवहरुले सहकार्य गरेका थिए ।

‘एनआरएनए र नारी निकुञ्जको सिग्नेचर प्रोग्राम नेपाल फेस्टिवल भएकोले साँस्कृतिक कार्यक्रम र कल्चरको जिम्मा नारी निकुञ्जले नै लिएको थियो’ फेस्टिवल सकिएपछि प्रतिक्रिया दिदै गुरुङले भनिन्– ‘एनआरएनएका पदाधिकारी, विभिन्न संघसंस्थाका अग्रजहरुले आफ्नै सम्झिएर प्रत्यक्ष अप्रत्यक्षरुपमा सपोर्ट गरेर आउनुभएपछि नेपाल फेस्टिवल सोचेको भन्दा धेरै राम्रो भयो ।’

नेपाल फेस्टिवल सफल हुनमा स्टेजमा आ–आफ्नो प्रतिभा देखाउनेहरुले मात्र होइन आफ्नो भाषा, धर्म र संस्कृतिका कल्चरल प्रस्तुतीले सफल भएको गुरुङको भनाई छ । उनी भन्छिन्– ‘हामीले लीड मात्र गरेको हो तर जिम्मेवारी सबैले पुरा गर्नुभयो, कतिपयले खटेर फिल्डमा आएर नै सपोर्ट गर्नुभयो, कति बाहिर बसेर सपोर्ट गर्नुभयो, म वहाँहहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहान्छु ।’

वेष्टर्न अष्ट्रेलियामा महिलालाई अगाडि बढाउँदै ‘मिम सुब्वा गुरुङ’

नेपाल फेस्टिवलमा थारु कल्चर, गुरुङ समाजको कौडा चुट्का, किराँत समाजले साकेला, नेवारहरुले मौलिक बाजागाजासहितको प्रस्तुती, शेर्पा, मगर तथा सुदुर पश्चिमको देउडा, मारुनी लगायतका प्रस्तुती देखाउनका लागि साथ र सहयोग गर्नेलाई गुरुङले कृतज्ञता व्यक्त गरिन ।

स्टेजमा लोकल आर्टिस्टसहित ३६ वटा प्रस्तुतीका लागि गुरुङले संयोजन गरेकी थिइन । मित्र राष्ट्र भारतको भगवान कृष्णको कल्चर डान्स पनि देखाइएको गुरुङले बताइन् ।

गुरुङ भन्छिन् -‘नेपाल हाउसको जिम्मा नारी निकुञ्ज फोरम एनसीसी डेपुटी कोअर्डिनेटर रत्ना गौतमले दिन रात नभनी खटेर पर्थमा नेपाल झल्काउन सफल भयो भने कोरियोग्राफर गरेर मारुनी, पञ्च बुद्ध, क्लासिकललगायतका नृत्य पस्कन सफल रिमा चारुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

वेष्टर्न अष्ट्रेलियामा महिलालाई अगाडि बढाउँदै ‘मिम सुब्वा गुरुङ’

नारी निकुञ्जले भर्खरै सात आठसयको उपस्थितिमा तीज कार्यक्रम पनि सम्पन्न गरेको गुरुङको भनाई छ । नेपालदेखि राष्ट्रिय कलाकार ल्याएर भब्य तीज कार्यक्रम सम्पन्न गरेपछि आएको पैसाले सामाजिक काममा खर्च गर्ने उनको भनाई छ ।

‘मेरो टिमले खटेर सक्दो सहयोग गर्नुभयो, एनआरएनएको टिमले पनि आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका निर्वाह गरेर फेस्टिवललाई भव्यताका साथ सफल बनाउनुभएको छ’ गुरुङ खुशी हुँदै भन्छिन् –‘कार्यक्रम सकिएपछि विदेशको ठाउँमा आफ्नो कला देखाउने राम्रो प्लाटफर्म पाएकोमा मख्ख हुँदै धन्यवादका फोन आउने क्रम जारी छ ।’

नारी निकुञ्जले भर्खरै सात आठसयको उपस्थितिमा तीज कार्यक्रम पनि सम्पन्न गरेको गुरुङको भनाई छ । नेपालदेखि राष्ट्रिय कलाकार ल्याएर भब्य तीज कार्यक्रम सम्पन्न गरेपछि आएको पैसाले सामाजिक काममा खर्च गर्ने उनको भनाई छ ।

वेष्टर्न अष्ट्रेलियामा महिलालाई अगाडि बढाउँदै ‘मिम सुब्वा गुरुङ’

त्यसैगरी नारी निकुञ्जले महिलाहरुको लागि कम्युनिटीः एजुकेशन वमन्स हेल्थ कार्यक्रम गरेर नेपाली डाक्टरहरुबाट महिला स्वास्थ्य सम्बन्धी छलफल गरेको थियो । त्यसैगरी कल्चरल एक्सचेञ्ज तथा हेल्थ प्रोमोशन जस्ता कार्यक्रम राखेर योगा, हाइकिन, हेल्थ एजुकेशनका कार्यक्रम गरिसकेको गुरुङको भनाई छ ।