प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा बाबुराम सापकोटा चयन

news-details

नेकपा एमाले समर्थित प्रवासी नेपाली मञ्च यूएईले बाबुराम सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यमा आइतबार आबुधावीमा सम्पन्न सातौं महाधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा गोकुल कुइँकेल, विष्णुलाल श्रेष्ठ, सचिवमा नारायण केसी, उपसचिवमा रमुना बस्नेत र सुमन भण्डारी तथा विज्ञान रेग्मी निर्वाचित भएका छन ।

यस्तै सदस्यहरुमा शिवजङ गुरुङ, कमल सुब्बा, नवतारा खरेल, मुक्ति गुरुङ, अर्जुन गौली, धर्मराज पाण्डे, टीकाराम थापा चुनिएका छन् । त्यस्तै सदस्यहरुमै दीपक थापा, मञ्जु शाही, चिन केसी, सुशीला भट्टराई, सुरज भुसाल, कमल लामा, विपीन ढकाल, आइता गुरुङ, द्रोणराज ढकाल, प्रेमबहादुर अधिकारी, कविता पुन, मेघराज कँडेल, घनश्याम भण्डारी, सुन्दर पाठक र सविन बराल रहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *