अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल सुरु भएको छ । गैरआवासीय नेपाली संघ वेस्र्टन अष्ट्रेलियाको आयोजनामा आज शनिबार आयोजित फेस्टिभलको वेस्टर्न अष्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री टोनी बुटी र एनआरएनए अध्यक्ष डा. बद्री केसीले उदघाटन गरेका हुन ।

नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम प्रचार प्रसारका लागि आयोजित फेस्टिभल कलश यात्रासहित सुरु भएको थियो । सो अवसरमा विभिन्न जातजातिको पोशाकसहितको संस्कृति झल्काउने नाचहरु त्था झाकिहरु प्रदर्शन गर्दै शहर परिक्रमा गरिएको थियो । फेस्टिभल राति ९ बजे आतिशबाजीको कार्यक्रमसहित समापन हुनेछ ।

अष्ट्रेलियाको पर्थमा सुरु भयो ‘नेपाल फेस्टिभल’, मन्त्री बुटी र एनआरएनए अध्यक्ष केसीले गरे उदघाटन (फोटो फिचर)

उदघाटन समारोहमा बोल्दै मन्त्री बुटीले नेपाली समुदायले राम्रो काम गरिरहेको बताउदै आफ्नो तर्फबाट १० हजार डलर सहयोगको घोषणा गरेका थिए । कार्यक्रममा स्थानिय सांसदहरु तथा जनप्रतिनिधीहरुको पनि सहभागिता रहेको छ ।

यस्तै फेस्टिबलमा सहभागिताका लागि शुक्रबार नै एनआरएनए अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङलगायत अष्ट्रेलियामै रहेका आइसीसी उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेल, एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए विधान संशोधन समितिका संयोजक भवानी ओलीलगायत एनआरएनए अष्ट्रेलियाका राज्यका प्रतिनिधीहरु पर्थमा पुगिसकेका थिए ।

अष्ट्रेलियाको पर्थमा सुरु भयो ‘नेपाल फेस्टिभल’, मन्त्री बुटी र एनआरएनए अध्यक्ष केसीले गरे उदघाटन (फोटो फिचर)

कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकताको निरन्तरता र अधिकारसहितको नागरिकताको लागि लबिङ गरिरहेको बताए । उनले यस्ता कार्यक्रम विभिन्न देशमा भैरहेको खुसी व्यक्त गर्दै नेपाल बाहिर नेपाल चिनाउने यस्ता कार्यक्रम सार्थक हुने बताए । साथै कार्यक्रममा एनआरएनएका सहभागी अगुवा तथा पदाधिकारीहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व गरेका एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएनएको सक्रियतामा यस्ता नेपाली कला तथा संस्कृति झल्कने कार्यक्रम अष्ट्रेलियामा आयोजना भैरहेको बताउदै एनसीसीका गतिबीधीहरुबारे पनि जानकारी दिएका थिए ।

अष्ट्रेलियाको पर्थमा सुरु भयो ‘नेपाल फेस्टिभल’, मन्त्री बुटी र एनआरएनए अध्यक्ष केसीले गरे उदघाटन (फोटो फिचर)

कार्यक्रममा उल्लेख्य मात्रामा नेपाली समुदाय, दोश्रो पुस्ताका नेपाली बालबालीकाहरुका अलवा ठुलो संख्यामा विदेशी नागरिकहरु पनि सहभागी रहेका छन । उनीहरु नेपाली स्टल अवलोकन गरेर नेपाली कलासंस्कृतिबारे जानकारी लिने तथा नेपाली परिकारहरु खाएर रमाइरहेका छन ।

कार्यक्रमस्थलमा नेपाली खानाका परिकारहरु मम, पानीपुरी, रोटीसहित विभिन्न रेष्टुरेण्टको स्टल देख्न सकिन्छ । जहाँ नेपाली खाना पारखीहरुको ठुलो भिड लागेको छ भने विदेशी नागरिकहरु पनि नेपाली खानामा रमाइरहेको देख्न सकिन्छ ।

अष्ट्रेलियाको पर्थमा सुरु भयो ‘नेपाल फेस्टिभल’, मन्त्री बुटी र एनआरएनए अध्यक्ष केसीले गरे उदघाटन (फोटो फिचर)

कार्यक्रममा नेपाली संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम भैरहेको छ । यस्तै नेपालबाट गएका ख्यातीप्राप्त कलाकारहरु गायक बद्री पंगेनी, गायीका आस्था राउत, एक्स ब्याण्ड तथा स्थानिय कलाकारहरुको प्रस्तुती पनि रहेको र फेस्टिबल उत्साहजनकरुपमा चलिरहेको आयोजक एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा वेस्टर्न अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले बताए ।

अष्ट्रेलियाको पर्थमा सुरु भयो ‘नेपाल फेस्टिभल’, मन्त्री बुटी र एनआरएनए अध्यक्ष केसीले गरे उदघाटन (फोटो फिचर)

नेपाल फेष्टिभल पर्थ २०२४ लाई सफल बनाउन घिमिरे सहितको एनआरएन वेष्टर्न अष्ट्रेलियाको टिम सक्रियताका साथ लागेको छ । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलिया सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरु समेत फेस्टिवलको सफलताको लागि क्रियाशिल रहेका छन् । सबैले आआफ्नो क्षेत्रबाट प्रचार प्रसार गरिरहेको घिमिरे बताउँछन् ।

फेस्टिवललाई वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ भने अजी फाईनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ ।