नेपाल फेस्टिवल पर्थमा उत्साहजनक सहभागीता लागि युवा संयोजक सिग्देलको आग्रह

news-details

गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलिया (पर्थ)ले आगामी सेप्टेम्बर १४ तारिख शनिवार गर्ने नेपाल फेस्टिवलमा उत्साहजनक सहभागिता जनाएर भब्यरुपमा सफल बनाउनका लागि एनआरएनए वेस्टर्न अष्ट्रेलियाका युवा संयोजक मनिश सिग्देलले आग्रह गरेका छन् ।

एनआरएनएले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवलको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदै युवा संयोजक सिग्देलले नेपाल फेस्टिवलमा आउने पाहुनालाई स्वागतका लागि आतुर रहेको जनाएका छन् ।

नेपाल फेस्टिवलको उद्देश्य हुर्किदै गरेको नेपालीको दोश्रो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने रहेको सिग्देलको भनाई छ । साथै, एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचारा र सुमधुर सम्बन्ध स्थापित गराउनका लागि पनि नेपाल फेष्टिभलले महत्वपूर्ण योगदान हुने उनको भनाई छ ।

फेस्टिवललाई वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ भने अजी फाईनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ ।

नेपाल फेष्टिवलमा वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी हुने भएका छन् । नेपाल फेष्टिवलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट मात्र नभएर विभिन्न देशमा रहेका एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ ।

युवा संयोजक सिग्देल भन्छन्–‘यस पटकको नेपाल फेस्टिवलमा नेपाल झल्काउने नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरा समेत राखिनेछ, त्यसैगरी बालबालिकाहरुलाई समय विताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं, नेपाली राष्ट्रिय कलाकारसहित नेपालको गीत संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यस पटक बहुसांस्कृतिक समूदायका प्रस्तुतिलाई पनि समेट्ने जमर्को हाम्रो छ ।”

नेपाल फेस्टिवलमा निःशुल्क प्रवेशको व्यवस्था रहेकाले स्वदेशी तथा विदेशी गरेर १२ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा आयोजकहरुको रहेको छ । नेपाल फेष्टिवल दिन सेप्टेम्वर १४ मा सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुँदै विभिन्न कार्यक्रमका साथमा राति ९ बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *