कतार एक्स्पो २०२३ समापनको अवसर पारेर नेपालले भब्यताका साथ नेपाल डे मनाएको छ ।

नेपाली राजदूतावास दोहा कतारको आयोजना एवं नेपाल व्यवसायी संघ कतार र गैर आवासिय नेपाली संघ कतारको संयूक्त सहकार्यमा शुक्रबार नेपाल डे सम्पन्न गरेको हो ।

हरित मरुभूमि र सुन्दर वातावरणको लक्ष्य राखी वागवानी उत्पादनहरूको लागि विश्वमै पहिलोपल्ट कतार सरकारले शुरु गरेको कतार एक्स्पो २०२३ मा नेपालको सहभागिता रहेको थियो ।

कतार एक्स्पोको जिम्मेवारी पाएको नेपाली राजदूतासले व्यवस्थापन एवं प्रदर्शनीको सम्पूर्ण जिम्मेवारी नेपाल व्यवसायी संघ, कतारलाई दिएको दियो । कतारमा हुने प्रदर्शनीको सहभागिताको लागि संघले सम्पूर्ण व्यवस्थापन गर्ने गरी नेपाल स्थित निर्यात व्यवसायी महासंघलाई सहभागिता गराएको थियो ।

कतार एक्स्पोमा नेपाल डे : नेपालको सहभागिताको उच्च कदर

करिव ५ सय अतिथिको उपस्थितिमा सम्पन्न भएको एक्स्पोमा कतारस्थित विभिन्न देशका राजदूतहरू, एक्स्पोमा पेभिलियन संचालन गर्ने अधिकांश मुलुकका कमिस्नर जनरलहरूको विशिष्ट सहभागिता रहेको थियो ।

उक्त समारोहको उद्घाटन गर्दै दोहा एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा मुग्ध कण्ठले प्रशंसा गरेका थिए ।

कतार एक्स्पोमा नेपाल डे : नेपालको सहभागिताको उच्च कदर

कार्यक्रमको सन्दर्भमा प्रकाश पार्दै नेपाली राजदूत डा. नरेशविक्रम ढकालले नेपालको भौगोलिकता, प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै उक्त अवसरका लागि यो समारोह महत्वपूर्ण हुने भनाई राखेका थिए ।

नेपाली सांस्कृतिक कार्यक्रम, नृत्य, झांकीहरू प्रस्तुत गर्दै परेड समेत गरिएको यस समारोहबाट विश्वकै धनी मुलुक र रोजगारी लगायतको संभावनाको खानी रहेको कतारमा नेपाल र नेपाली चिनाउन र नेपालको विकासमा कतार सरकारलाई साझेदार गराउन अहम् भूमिका निर्वाह गरेको कार्यक्रमका संयोजक एवं नेपाली पेभिलियनका कमिश्नर जनरल कृष्ण कुमार सुवेदीले जानकारी दिए ।

कार्यक्रमबाट कतार लगायत मध्यपूर्वका मुलुकहरूबाट नेपालमा लगानीको संभावना बढ्न गएको र आफुहरु सहकार्यका लागि निरन्तर लागिरहेको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लगाईँले जानकारी दिए ।

कतार एक्स्पोमा नेपाल डे : नेपालको सहभागिताको उच्च कदर

कतारमा रहेको नेपाली समूदायहरूको विशिष्ट उपस्थिति र सांस्कृतिक कार्यक्रमले नेपालीहरूको पहिचान बढाउने काम गरेको गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टले जानकारी दिए ।

गत ०२ अक्टोबरमा कतारका अमिरले विशेष समारोहबिच समुद्घाटन गरेको यस वागवानी सम्बन्धी दोहा एक्स्पो २०२३मा विश्वका ८० मुलुक र सयभन्दा बढी व्यवसायिक संस्थाहरू सहभागी छन् ।

नेपालको तर्फबाट नेपाली व्यवसायी संघ कतार, गैर आवासीय नेपाली संघ कतार र नेपाल निर्यात व्यवसायी महासंघको सहयोगमा नेपाली राजदूतावास सहभागी भएको हो । यस एक्स्पोको संचालनका लागि नेपालको तर्फबाट कृष्ण कुमार सुवेदी कमिश्नर जनरल, कृष्ण पन्थी डेपुटी कमिश्नर जनरल सहित महेन्द्र चम्लगाईँ, रमेश भट्ट, सुनिल कुमार घिमिरे, शंकर न्यौपाने, भिजन घिमिरे लगायतको एक उच्चस्तरीय समिति बनाइएको छ ।

नेपाल डे कार्यक्रममा कतारमा रहेका नेपालीहरु दौरा सुरुवाल तथा राष्ट्रिय पोशाकमा उपस्थित भएका थिए भने विभिन्न जातजातिका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सहभागीहरुले नेपालको कलासंस्कृतिलाई चाख दिएर अवलोकन गरेका थिए ।