नेपाली राजदूतसहित नेपाली व्यवसायी संघद्धारा कतार फाइनान्सियल सेन्टरका सिइओसँग भेटवार्ता

‘नेपाल इन्भेष्टमेण्ट समिट’ मा कतारको सहभागिताका लागि आग्रह
news-details

कतारका लागि नेपाली राजदूत डा.नरेश बिक्रम ढकाल र नेपाली व्यवसायी संघ कतारका प्रतिनिधिहरुले कतार फाइनान्सियल सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युसुफ मोहम्मद अल जाइदासँग भेटवार्ता गरेका छन् ।

कतारमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध विस्तारका साथै नेपालमा हुन लागेको नेपाल इन्भेष्टमेण्ट समिटमा कतारमा रहेका लगानीकर्ताको सहभागिताका लागि आग्रह गरिएको बताइएको छ ।

आगामी अप्रिल २८ र २९ तारिख काठमाडौंमा हुन लागेको तेश्रो नेपाल इन्भेष्टमेण्ट समिटका लागि कतारमा रहेका बहुराष्ट्रिय लगानीकर्ताहरुलाई निमन्त्रणा गरिएको र नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको जानकारी गराइएको भेटवार्तामा सहभागी नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौम्लागाईले रोजगार मञ्चलाई जानकारी दिए ।

भेटवार्तामा नेपालमा अहिले लगानी मैत्री वातावरण रहेकाले हाइड्रोपावर, शिक्षा, स्वास्थ्य, यातायात तथा ग्रामिण विकासमा विदेशी लगानीका संभावना धेरै रहेको जानकारी दिइएको थियो ।

कतार फाइनान्सियल सेन्टरमा विभिन्न देशका व्यवसायीहरु आवद्ध रहेका छन् ।

राजदुत ढकालले केही दिनमा नै नेपाली व्यवसायी संघसँगको सहकार्यमा नेपालमा लगानी तथा दुईदेश बीचको लगानी संभावनाका विषयमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गर्नका लागि समेत अनुरोध गरेका छन् ।
भेटवार्ताका क्रममा सिईओ युसुफ सकारात्मक हुँदै केही दिनभित्रै व्यवसायीहरुसँग अन्र्तक्रिया गर्न तयार रहेको जनाएका थिए ।

राजदूत ढकालको नेतृत्वमा गएको टोलिमा नेपाली दूतावासका मिसन उपप्रमुख कुमार राई, व्यवसायी संघका अध्यक्ष चम्लागाई, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, सल्लाहकार नरेन्द्र भाट, व्यवसायी सुनिल घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *