प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलिया, न्यु साउथ वेल्स राज्य कमिटीको तेस्रो अधिवेशनले सूर्यमोहन (मोहन) शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

शनिवार अर्थात मार्च २ गते सम्पन्न तेस्रो अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्सको अधिवेशनले चुन्यो सूर्यमोहन शर्माको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतमा भएको उक्त अधिवेशनले उपाध्यक्षमा गोबिन्द तामाङ, सचिवमा उषा किरण बारिया, उपसचिवमा अञ्जान सोनी र अवानी पौडेल तथा आर्थिक बिभाग प्रमुखमा बिनोद खडका चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा, पवन डल्लाकोटी, सृजन भट्टराई, बिशाल रेग्मी, सागर सिलवाल, साजन श्रेष्ठ, रमेश सिंह, सशांक बस्याल, दिनेश अधिकारी, कुशल रिमाल, योगेश पराजुली, दिव्य प्रधान, विवेक शाक्य, सुजन श्रेष्ठ, सुशन जोशी र उमेश बिकेलाई चयन गरेको छ ।

अधिवेशनले १२ सदस्यीय सल्लाहकार कमिटीसमेत गठन गरेको छ । सल्लाहकार कमिटीमा बाबुराम पोखरेल, राजु गौचन, प्रेम शाह, भूपेन्द्र चुडाल, तारा लामा, शरद सापकोटा, डा.लेनिन पौडेल, दीपक जोशी, लक्ष्मण भुसाल,अर्जुन पौडेल, सीताराम घिमिरे र अशोक उप्रेती चयन भएका छन् ।

प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्सको अधिवेशनले चुन्यो सूर्यमोहन शर्माको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त अधिवेशनमा ओएनएफ अन्तराष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका सल्लाहकार भैरव ढकाल, एनआरएनए उपाध्यक्ष बिनोद श्रेष्ठ, सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएनए ओशेनिया संयोजक दिनेश पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्ष नन्दू गुरुङ, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य शिशिर नेपाल, ओशेनिया क्षेत्र अध्यक्ष राजु उपाध्याय, अष्ट्रेलियाका अध्यक्ष केशब जोशीलगायतले कार्यक्रममा शुभकामना दिएका थिए ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले ओएनएफले आफ्नो सञ्जाल विस्तार गरिरहेको र प्रवासीहरुको सबैभन्दा उत्कृष्ट र प्रभावकारी संस्था बनेको जानकारी दिदै शुखी र सम्बृद्ध नेपाल बनाउन सहयोगीको भूमिका खेल्ने बताए । उनले नेपालमा रहेको सरकार भारतबाट चलेको बताउँदै अव सबै मिलेर हटाउनु पर्ने धारणा राखे ।

त्यसैगरी ओएनएफ अन्तराष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओलीले सबैमा राजनीतिक विचारधारा हुनु स्वभाविक भएपनि एकता र भाइचाराका लागि सबैभन्दा पहिला आफुहरु नेपाली भएको सोच्नु पर्ने बताए ।

प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्सको अधिवेशनले चुन्यो सूर्यमोहन शर्माको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति

कार्यक्रममा सहभागी हुन पर्थबाट आएका एनआरएनए सल्लाहकार ढकालले सबै संघसंस्थाको सहकार्य आवश्यक रहेको र अष्ट्रेलियामा रहेका सबै क्षेत्रलाई समेट्न आवश्यक रहेको जनाउँदै नयाँ आउने कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य कमिटीका अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षतामा भएको उदघाटन समारोहको सञ्चालन सचिव शिव पौडेलले गर्नुभएको थियो भने बन्दसत्रको अध्यक्षता प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशब जोशी र सञ्चालन सचिव प्रकाश पन्थीले गर्नुभएको थियो ।

यसैगरी बन्दसत्रमा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले ‘कमिटी पद्धति र नेतृत्व चयन प्रकृया’ बारे र ओशिनिया अध्यक्ष राजु उपाध्यायले आगामी ‘नेतृत्वको चिन्तन र ब्यवहार’ कस्तो हुनुपर्छ भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो ।