प्रवासीको जन्मभूमी प्रेम : सिड्नीका कल्याण खड्काले सुनकोशी गाउँपालिकाको भवन निमार्णमा आर्थिक सहयोग

news-details

प्रबासमा रहेर पनि आफ्नो जन्मभूमिको लागि केही साथ र सहयोग गरौं भन्ने उद्देश्य बोकेका नेपाली धेरै छन् । अष्ट्रेलियाको सिड्नीमा बसोवास गर्दै आएका कल्याण खड्काले जन्म गाउं सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको भवन निमार्णका लागि आर्थिक सहयोग गर्ने भएका छन् ।

अष्ट्रेलियाको सिड्नीमा कानुनी पेशामा कहलिएका कल्याणको जन्म गाउँ सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका हो । पालिकाको आफ्नै भवन बन्छ भने उनले सिड्नीबाट १० लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

अहिलेसम्म गाउँपालिकाको आफ्नै भबन नभएका कारण खाडी चौंरमा रहेको गाउँपालिकाको भवन बर्षौदेखि भाडामा बस्दै आइरहेको छ । सुनकोशी गाउं पालिकाको भवन शुनखानी गाउंमा सार्नु पर्ने जोडदार माग उठिरहेको अबस्थामा यदि पालिकाको भवन शुनखानी गाउंमा सर्छ भने सिड्नीबाट खड्काले पालिकाको भवन निर्माणका लागि शुरूमा १० लाख र आवश्यक परेको खण्डमा थप रकम पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

‘भाडा तिरेको भवनमा बसेर प्रशासनिक काम गर्नु भन्दा आफ्नै भवन हुनु पर्छ भन्ने धेरैको माग छ । यो माग नाजायज पनि होइन । जायज़ र सकारात्मक यो मागलाई मैले आफ्नोतर्फबाट सकेको साथ र सहयोग गर्ने बाचा गरेको हो’ कल्याण खड्काको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *