परराष्ट्र मन्त्री साउदलाई पर्थमा स्वागत : नेपालका लागि हिन्द महासागर सम्मेलन फलदायी हुने दावी

news-details

अष्ट्रेलियाको पर्थमा आजबाट शुरु हुने सातौँ हिन्द महासागर सम्मेलनलाई संवोधन गर्नका लागि परराष्ट्र मन्त्री एनपी साउद पर्थ आइपुगेका छन् ।

अष्ट्रेलिया सरकार र इन्डिया फाउण्डेसनको निमन्त्रणामा बिहीबार राति पर्थ आइपुगेका मन्त्री साउदलाई विमानस्थलमा आयोजकका साथै पर्थमा रहेका नेपाली समुदायले स्वागत गरेका छन् ।

परराष्ट्र मन्त्रालयकी सहसचिव रिता धितालसहित पर्थ आइपुगेका मन्त्री साउँदलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलसहित एनआरएनए तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका हुन् ।


सम्मेलनमा सहभागी हुनका लागि राजदूत पोखरेल क्यानवेराबाट बिहीबार बिहानै पर्थ आइ पुगेका थिए ।

मन्त्री साउँदलाई स्वागत गर्न राजदूत पोखरेलसहित एनआरएन एआइसीसी सल्लाहार भैरव ढकाल, वेष्टर्न अष्ट्रेलिया एनआरएनए पर्थका सयोजक शेखर घिमिरे, एनआरएनए पर्थका सचिब किशोर कुँवर, एनआरएनए पर्थका युवा संयोजक मनिश सिग्देल, जनसम्पर्क समिति वेस्टर्न अष्ट्रेलियाका सभापति राजेश बुढाथोकी, प्रवासी नेपाली मञ्चका सचिव गोपाल घिमिरे लगायत बिमानस्थल पुगेका थिए ।

राजदूत पोखरेलका अनुसार सम्मेलन नेपालका लागि निकै फलदायी हुने छ । अष्ट्रेलिया सरकार र नेपाल सरकारबीच व्यापार प्रवद्र्धनसम्बन्धी उच्चस्तरीय सम्झौता पत्रमा हस्ताक्षर हुने राजदूत पोखरेलले जानकारी दिए ।

मन्त्री साउदले फेब्रुअरी १० मा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै पर्थमा रहँदा अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने तथा सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको राजदूत पोखरेलले जानकारी गराएका छन् ।

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा हरेक वर्ष आयोजना हुदै आएको प्रत्येक हिन्द महासागर सम्मेलनमा नेपालले सहभागिता जनाउँदै आएको छ । सम्मेलनको यो सातौ संस्करण भएता महासागरले नछोएको देश नेपालले सहभागिता जनाउँदा नेपाल र नेपालीका लागि फाइदा पुग्न सकोस् भनेर अपेक्षा गरिएको छ ।

परराष्ट्र मन्त्री साउदसँग शनिवार साँझ पर्थमा रहेका नेपाली समुदायसँग छलफल तथा भेटघाट कार्यक्रम आयोजना गरिएको जनसम्पर्क समिति वेस्टर्न अष्ट्रेलियाका सभापति राजेश बुढाथोकीले जानकारी दिए ।

मन्त्री साउद क्यानवेरा, न्युजिल्याण्ड हुँदै नेपाल फर्कने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *