ओएनएफले मलेसियामा ‘फेस टु फेस’ बैठक गर्दै
- माघ २५, २०८०
- 0

नेकपा एमाले समर्थित बिदेशमा रहेका नेपालीहरुको साझा सस्था प्रवासी नेपाली मन्च, अन्तराष्ट्रिय कमिटी (ओएनएफ)ले मलेसियाको क्वालालम्पुरमा ‘फेस टु फेस’ बैठकको आयोजना गरेको छ ।
भौतिक उपस्थितिमा हुन लागेको उक्त बैठकमा आफ्नो कार्यकालको समिक्षासहित भावी कार्ययोजनाका लागि छलफल हुने ओएनएफले जानकारी दिएको छ ।
नेकपा एमालेका प्रवास बिभाग प्रमुख राजन भट्टराईको प्रमुख आतिथ्यता हुने कार्यक्रम फेब्रुअरी १० र ११ तारिखमा मलेसियाको क्वालालम्पुरमा हुने जनाइएको हो ।
ओएनएफ अन्तर्राष्ट्रियका कमिटिका उपाध्यक्ष रमेश पाण्डेका अनुसार आफ्नो कार्यकालको एक बर्ष पुगेको अवसरमा समिक्षा र भावी रणनीति बनाउन मलेसियामा बिश्वभर रहेका कार्यसमितिका पदाधिकारीको भौतिक उपस्थिति रहने छ ।
अष्ट्रेलियाबाट मलेसिया उड्न लागेका पाण्डेले भने ‘प्रवासमा रहेका एमाले समर्थितहरुको संस्था ओएनएफले देशको लागि र पार्टीका लागि गर्ने योगदानको चर्चा हुने र भोलिका दिनमा गर्ने कामको रणनीति बनाउने हुदा बैठक सार्थक हुने अपेक्षा राखेका छौ ।’
ओएनएफका उपमहासचिव रहेका कतारका चानक पोखरेलले भौतिकरुपमा हुन लागेको कार्यक्रम निकै फलदायी हुने बताए ।
‘फेस टु फेस’ बैठक लगत्तै प्रवासी नेपाली मञ्च मलेसियाको समन्वयमा प्रशिक्षण तथा सास्कृतिक कार्यक्रम पनि हुने जनाइएको छ । ओएनएफ मलेसियाको आयोजना तथा ओएनएफ पूर्वी एसिया महादेश कमिटीको सहकार्यमा कार्यकर्ता प्रशिक्षण एंव साँस्कृतिक कार्यक्रम फेब्रुअरी ११ तारिखका दिन क्वालालम्पुरमा अवस्थित होटेल ग्रेण्ड कन्टिनेन्टलमा हुने तय भएको प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले जानकारी दिए ।
उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा ने.क.पा एमाले विदेश बिभाग प्रमुख तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराई, बिशेष अतिथि प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा, मञ्चको पूर्वि एसिया महादेश ईन्चार्ज भक्त गुरुङ लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
त्यस्तै कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरु गायक जीवन दाहाल, जीवन शर्मा, गायीका सुमन थापा मगर, आशा बिसि लगायत कलाकारहरुको प्रस्तुतीसहित सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।